कीवर्डहरू -

भायानेटको टिकटक च्यालेन्ज, भिडियो बनाउँदा ५० हजार जित्न सकिने

भायानेटको टिकटक च्यालेन्ज, भिडियो बनाउँदा ५० हजार जित्न सकिने

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ५० हजार रुपैयाँ पुरस्कार रासीको ‘अल्ट्राफाइ टिकटक च्यालेन्ज’ योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै सबै उमेर समूहले सहभागी जनाउन मिल्ने गरी च्यालेन्ज ल्याएको हो ।

प्रतियोगितामा सहभागी हुन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक एकाउन्टमा भएको आवाज ट्रयाक गर्नुपर्ने छ । आवाज ट्रयाक गरेर अपलोड गरेको भिडियोले मात्रै च्यालेन्जमा प्रतिस्पर्धा गर्न सक्छन् ।

कम्पनीको यो प्रतियोगिता फेब्रुअरी २८ सम्म खुला रहने छ । प्रतियोगितामा सहभागी मध्येबाट आएको सबैभन्दा रचनात्मक सामग्री भएको सहभागीले ५० हजार रुपैयाँ पुरस्कार जित्न सक्ने र यसमा सरकारले कर काट्ने बताइएको छ ।