कीवर्डहरू -

मेगा बैंक र मोको डिजिटल वालेटबीच सहकार्य

मेगा बैंक र मोको डिजिटल वालेटबीच सहकार्य

मेगा बैंकले बैंकले मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ । यो साझेदारीसँगै बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा लोड गरी सेवा लिन सक्नेछन् ।

वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन् ।

यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि पटक–पटक मौज्दात लोड गर्नु नपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न सहज हुने बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन्।

उनले भनिन्, ‘अब मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले मोको डिजिटल वालेटका नवीनतम सेवाहरुको फाइदा उठाउन सक्नेछन् । मोकोसँग सहकार्य गरी ग्राहकवर्गलाई नवीनतम सेवा दिन पाएकोमा खुसी छौ’ ।

मोको सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रूपले फरक प्रकारको वालेट हो । यो एपले पेमेन्ट कार्ड इन्ड्रस्ट्रि डाटा सेक्युरिटी स्ट्यान्डर्डको नवीनतम प्रोटोकलको समेत पालना गरेको हुँदा सुरक्षित ब्याकइण्ड प्रणाली भएको मेगा बैंकका डिजिटल तथा ई–बैकिङ्ग प्रमुख विश्व सिंहले जानकारी दिए ।

मोको प्रयोगकर्ताहरूले प्रत्येक कारोवारको लागि रिवार्ड पोइन्टहरू प्राप्त गर्नेछन् भने संकलन भएको रिवार्ड पोइन्टहरू पछि मोकोको सहयोगीहरू र साझेदारहरूमार्फत आकर्षक उपहार तथा भौचरहरु छुटकारा गर्न समेत प्रयोग गर्न सकिन्छ ।