कीवर्डहरू -

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारी

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारी

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) मा डिल्ली अधिकारी चयन भएका छन । विहीबारको मन्त्रीपरिषदले टेलिकममै कार्यरत अधिकारीलाई प्रबन्ध निर्देशकमा चयन गरेको संचार तथा सुचना प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उक्त पदका लागि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा सरकारले गठन गरेको छनौट समितिले उनी सहित ३ जनाको नाम सिफारिस गरेको थियो । समितिले उनि सहित संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम पनि सिफारिस गरेको थियो ।

यस अघि गत साउन २९ गतेको मन्त्रीपरिषद बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभन्डारीलाई पदमुक्त गर्ने निर्णय गरेपछि टेलिकम नेतृत्व विहिन रहँदै आएको थियो । मन्त्रालयले यसबीचमा सूर्यभक्त पोखरेललाई कायम मुकायमको जिम्मेवारी दिएको थियो । अब डिल्ली अधिकारीले टेलिकमको प्रवन्ध निर्देशकको जिम्मेवारी सम्हाल्ने भएका छन । उनको उमेर हाल ४४ वर्ष पुगेको छ । टेलिकमको इतिहासमा उनी सबैभन्दा कान्छा प्रबन्ध निर्देशक पनि हुन ।