कीवर्डहरू -

डिशहोमलाई एचआरएम अवार्ड

डिशहोमलाई एचआरएम अवार्ड

नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिशमिडिया नेटवर्क लिले प्राप्त गरेको छ ।

डिश मिडया नेटवर्कले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै  आईटी/आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो ।

नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखिय योगदान गर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि कर्पोरेट क्लव प्रालिले हरेक वर्ष अवार्ड प्रदान गर्ने गर्दछ ।

सो अवार्ड छनौटका लागि काठमाडौं विशवविद्यालय व्यवस्थापन संकायका पूर्व डीन डा. सुवास केसीसहित पुण्यप्रसाद न्यौपाने,पूर्व सचिव नेपाल सरकार, प्रोफेसर डा. रिता श्रेष्ठ र आशुतोष तिवारी र बैकर वर्षां श्रेष्ठ रहेका थिए ।