इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओइ) को हल्ट प्राइजले ‘आन्टरप्रेनरसीप टक सिरिज’को पहिलो एपिसोड सम्पन्न गरेको छ । शनिबार ८ जनवरीको दिन सम्पन्न गरिएका सो कार्यक्रममा ११० जना सहभागीको सहभागीता रहेको थियो ।
कार्यक्रमका गेष्ट स्पीकरको रुपमा रहेका हाम्रो पात्रोको संस्थापक तथा सिईओ शकंर उप्रेतीले जहिलेपनि मान्छेलाई चाहिने कुराको निर्माणमा उद्यमीहरु लगनुपर्ने कुरामा जोड दिएका थिए ।
मान्छेको समयानुसार मागसँगै मेल खाने तरीकाले सेवा तथा प्रडक्टको निर्माण गरेमा सफलता हासिल गर्न सकिने उनले बताएका छन् ।
त्यस्तै मास्टर कार्ड एडभाइजमा कन्सलटेन्ट रहेकी फियोना फुरलोङले स्टार्टअप सुरु गर्दा सधैँभर लागिरहनुपर्छ र हार मान्न नहुने सुझाव दिएकी थिइन् ।
अर्काे गेष्ट वक्ताको रुपमा मिस जेपास एसिया प्यासिफिक इन्टरनेशनलकी साहारा बस्नेत रहेकी थिइन र उनले आफ्नो लक्ष्यमा अडिग रहने, लक्ष्यसँग यर्थाथवादी रहने र आफ्नो गन्तव्य सम्झिरहन सुझाव दिएकी छिन् । उनले हरेक नयाँ पहलमा सहाकार्य, सम्झौता र सामाजिक सम्बन्धको महत्वबारेमा पनि छलफल गरेकी थिइन् ।