कीवर्डहरू -

सिटिजन्स बैंकका ग्राहकले अब कार्ड नभएपनि एटिएमबाट पैसा निकाल्न सक्ने

सिटिजन्स बैंकका ग्राहकले अब कार्ड नभएपनि एटिएमबाट पैसा निकाल्न सक्ने

सिटिजन्स बैंक लिमिटेडले कार्डलेस् विथड्र सेवा सुरु गरेको छ । बैंकले शुक्रबारदेखि विधिवत् रूपमा कार्डलेस क्यास विथड्र सेवाको शुभारम्भ गरेको हो ।

योसँगै अब बैंकका सेवाग्राहीले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यस प्रविधिमा मोबाइलमा पासवर्ड (ओटीपी) प्राप्त गरी सो पासवर्ड मार्फत सजिलै एटीएम्बाट पैसा निकाल्न सक्नेछन् ।

यो प्रविधि सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटीएमबाट पैसा निकाल्न सकिने बैंकले जनाएको छ ।

शुक्रबार एक समारोहकाबीच कार्डलेस विथड्र सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश राज पोखरेलले बिना कार्ड एटिएमबाट पैसा निकाल्ने प्रविधि डिजिटल बैंकिङ्गको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए ।