कीवर्डहरू -

शुक्रबार एनसीआईटी कलेजमा प्रोजेक्ट एक्जिबिसन हुँदै, विद्यार्थीका ४० प्रोजेक्ट प्रदर्शनीमा राखिने 

शुक्रबार एनसीआईटी कलेजमा प्रोजेक्ट एक्जिबिसन हुँदै, विद्यार्थीका ४० प्रोजेक्ट प्रदर्शनीमा राखिने 

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले यही शुक्रबार प्रोजेक्ट एक्जिबिसन आयोजना गर्ने भएको छ । यही पुस ३० गते कलेजमा प्रोजेक्ट एक्जिबिसन आयोजना हुने भएको हो ।

यस प्रोजेक्ट एक्जिबिसनमा विद्यार्थीहरूले सफ्वेयर, हार्डवेयर, इलेक्ट्रोनिक्स र सिभलसँग सम्बन्धि प्रोजेक्टहरू प्रदर्शनीमा राख्ने छन् । एक्जिबिसनमा एनसीआईटी कलेजका विद्यार्थीले बनाएका ४० प्रोजेक्टहरू प्रदर्शनीमा राखिने कलेजका प्रिन्सीपल निरञ्जन खकुरेलले जानकारी दिए ।

उक्त इभेन्टमा हार्डवेयर र सफ्टवेयर प्रतिस्पर्धा समेत हुनेछ । एकैठाउँमा युवा ट्यालेन्ट र प्रोफेसनलहरू ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना हुन लागेको कलेजले जनाएको छ । प्रोजेक्ट प्रदर्शनीलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न कलेजले व्यवस्थापन समिति समेत गठन गरेको छ ।

यो प्रदर्शनीमा ५ हजार बढी भिजिटर सहभागी हुने कलेजको अपेक्षा छ । भिजिटरले निःशुल्क प्रोजेक्ट अवलोकन गर्न सक्नेछन् ।