कीवर्डहरू -

अब घरमै बसेर ओएलइडी स्क्रीन थ्रिडी प्रिन्ट गर्न सकिने

अब घरमै बसेर ओएलइडी स्क्रीन थ्रिडी प्रिन्ट गर्न सकिने

ब्रेकथ्रुले तपाईलाई घरमै ओएलइडी स्क्रीन थ्रिडी प्रिन्ट गर्न दिने भएको छ । अब तपाईको फोनको डिस्प्ले बिग्रेमा पनि मर्मतका लागि पठाउनु नपर्ने हुनसक्छ । मिनेशोटा ट्वीन सिटीजका अन्वेषकले पहिलो थ्रिडी प्रिन्टेड फ्लेक्जिबल स्क्रीनको विकास गर्न थालेको छ ।

यसमा थ्रिडी प्रिन्टिङको दुईओटा प्रविधि प्रयोग गरेर निर्माण गरिएको छ । यो  प्रविधिमा अझै परिमार्जन गर्दै लाने हो भने घरमै प्रयोगकर्ताहरुले स्क्रीन बनाउन सक्नेछन् ।

यो प्रोटोटाइप १.५ इन्च लामो र ६४ पिक्सेल मात्रै प्रयोग गर्ने गर्दछ । यसममा वैज्ञानिकहरुले राम्रो परिणामका लागि अझै ब्राइटनेश बढाउन चाहिरहेका छन् ।