कीवर्डहरू -

वर्ल्डलिङ्कको फ्री वाईफाई हटस्पटमा खल्तीका प्रयोगकर्तालाई १०० जीबी इन्टरनेट

वर्ल्डलिङ्कको फ्री वाईफाई हटस्पटमा खल्तीका प्रयोगकर्तालाई १०० जीबी इन्टरनेट

डिजिटल वालेट खल्तीका प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्री वाइफाइ हटस्पटमा १०० जीबी इन्टरनेट पाउने भएका छन् । ‘खल्तीमा १०० जीबी’ अफर अन्तर्गत खल्ती प्रयोगकर्ताहरुले वर्ल्डलिंकका १४ हजार बढी हटस्पटहरुमा  १०० जीबी फ्रि वाईफाई ३० दिनको लागि प्रयोग गर्न सक्नेछन् ।

१०० जीबी फ्री वाईफाई एक्टिभेट गर्न अघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्रि वाइफाइमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ ।

रजिस्टर गरे पश्चात खल्ती एपको पपुलर सर्भिसेसमा रहेको खल्तीमा १०० जीबी आइकनमा गई गेट १०० जीबी फ्रि वाईफाईमा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्रि वाईफाई प्रयोग गर्न सकिनेछ ।

प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आईडी र वर्ल्डलिंक फ्री वाइफाइमा रजिस्टर्ड आईडी भने एउटै हुनुपर्नेछ। यो अफर पौष २७ देखि माघ २६, २०७८ सम्म लागु हुनेछ ।

यस सुविधा मार्फत नेपालमा उपलब्ध भएको १४ हजार भन्दा बढी ठाउँहरुबाट जुनसुकै समयमा पनि सजिलै इन्टरनेटको सुविधा प्राप्त हुनेछ ।

खल्तीले २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गर्न सकिन्छ ।