कीवर्डहरू -

सहकारीका ग्राहकलाई चिपमा आधारित एटिएम कार्ड दिदै सनराइज बैंक

सहकारीका ग्राहकलाई चिपमा आधारित एटिएम कार्ड दिदै सनराइज बैंक

सनराइज बैंक लिमिटेडले सहकारीका ग्राहकलाई लक्षित गर्दै चिपमा आधारित एटिएम कार्ड सञ्चालनमा ल्याएको छ । यो सँगै अब सहकारीका सदस्यले समेत बैंकका एटिएममा उक्त कार्ड प्रयोग गरेर रकम निकाल्न सक्ने छन् ।

उक्त कार्डबाट सहकारी सदस्यका ग्राहकले जुनसुकै बैंकको एटिएम बुथबाट पैसा झिक्न सक्नेछन् । यो भिजा कार्ड दक्षिण एशियामै पहिलो पटक प्रयोगमा ल्याइएको बैंकले जनाएको छ ।

एटिएम कार्ड पाउन सम्बन्धित सहकारी संस्थाले बैंकसँग कारोबारका लागि साझेदारी गरेको हुनुपर्नेछ । त्यसपछि सहकारीका सदस्यले बैंकमा गएर एटिएम कार्ड माग गर्न सक्नेछन् ।

बैंकको एटिएमबाट पैसा झिक्दा थप अतिरिक्त शुल्क तिर्नु नपर्ने जनाइएको छ । उक्त कार्ड पस मेसिनमा राखेर पनि विभिन्न भुक्तानी गर्न सकिने छ । साथै विभिन्न अनलाइन भुक्तानीमा समेत उक्त कार्ड प्रयोग गर्न सकिने छ ।