कीवर्डहरू -

एन्ड्रोइड १३ मा ट्याप टू ट्रान्सफर फिचर ल्याउने गूगलको तयारी

एन्ड्रोइड १३ मा ट्याप टू ट्रान्सफर फिचर ल्याउने गूगलको तयारी

गूगलले एन्ड्रोइड १३ बाट ट्याप टू ट्रान्सफर फिचर लिएर आउने भएको छ । एन्ड्रोइड पुलिसको रिपोर्ट अनुसार गूगलले ट्याप टू ट्रान्सफर फिचरको डेमो पनि तयार गरेको छ ।

यो फिचर सार्वजनिक भएपछि एन्ड्रोइड १३ चल्ने डिभाइसले नजिकै रहेको स्पीकर वा अर्काे डिभाइसमा स्रोत नजिक लगेरै फाइल सेयर गर्न सक्नेछन् । झुक्किएर ट्रान्सफर भएमा रिभर्स अप्सन पनि गूगलले दिनेछ । यस फिचरका लागि गूगलले एनएफसी प्रयोग गर्ने रिपोर्टले जनाएको छ ।