कीवर्डहरू -

एसिया प्यासिफिक स्कूल अन इन्टरनेट गभर्नेन्सको उपाध्यक्षमा बाबुराम अर्याल निर्वाचित

एसिया प्यासिफिक स्कूल अन इन्टरनेट गभर्नेन्सको उपाध्यक्षमा बाबुराम अर्याल निर्वाचित

एसिया प्यासिफिक स्कूल अन इन्टरनेट गभर्नेन्सको उपाध्यक्षमा अत्याधिक बहुमतका साथ बाबुराम अर्याल निर्वाचित भएका छन् । उनी सन् २०२२-२३ का लागि उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

२ उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ४ जनाको उम्मेद्वारी परेको थियो । जसमा सबैभन्दा बढी अर्यालले जम्मा खसेको मतको ३८ प्रतिशत मत पाएका छन् ।

निर्वाचित भएपछि अर्यालले एसिया तथा प्रशान्त क्षेत्रमा इन्टरनेट गभर्नेन्सको क्षमता अभिवृद्धि र यस विधाको संस्थागत विकासमा काम गर्ने बताए । डेल्टा लका प्रमुख कार्यकाकारी अधिकृत रहेका अर्याल साइबर कानूनका विशेषज्ञ समेत हुन् ।

त्यस्तै दोस्रो स्थानमा मुबासिर सरगनाले २३ प्रतिशत मत पाउँदै उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षकै भएको मतदान श्री दिप रायमाझीले २२ प्रतिशत र डा. गोविन्दले १७ प्रतिशत मत पाएका छन् ।

संस्थाको उपाध्यक्षमा सतिस बाबु, महासचिवमा सागरिका विक्रमशेखर र कोषाध्यक्षमा शाह जाहिदुर रहमान ​निर्वाचित भएका छन् ।

​एसिया प्यासिफिक स्कूल अन इन्टरनेट गभर्नेन्स एसिया तथा प्रशान्त क्षेत्रमा इन्टरनेट गभर्नेन्सको क्षमता अभिवृद्धिको लागि स्थापना भएको संस्था हो ।