कीवर्डहरू -

नेपाल आइडलको भोटिङ पार्टनरमा सेल पे

नेपाल आइडलको भोटिङ पार्टनरमा सेल पे

भुक्तानी सेवा प्रदायक सेल पे सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन–४ को आधिकारिक भोटिङ पार्टनर नियुक्त भएको छ । आइडलका प्रतियोगीहरूलाई नेपालभित्र सेलपेबाट र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सकिने सेलकमले जानकारी दिएको छ ।

सेलपेबाट भोट गर्न गुगल प्लेस्टोर या एप्पल एपस्टोरबाट सेलपे एप डाउनलोड र इन्स्टल गर्नुपर्नेछ । त्यसपछि साइनअप गरी आफ्नो बैंक खाताको लिङ्क या वालेट लोड गर्नुपर्नेछ ।

भोटिङ आइकनमा क्लिक गरी आफूलाई मन परेको प्रतियोगीको प्रोफाइलमा क्लिक गरी इच्छाइएको संख्यामा भोट गर्न सकिनेछ ।

श्रृष्टिबाट भोट गर्न पनि गुगल प्लेस्टोर या एप्पल एपस्टोरबाट श्रृष्टि एप डाउनलोड र इन्स्टल गर्नुपर्नेछ । त्यसपछि गुगल या फेसबुक आइकनमा क्लिक गरी साइन इन गर्न सकिन्छ । साइन इन गरेपछि होमपेजमा भएको नेपाल आइडल सिजन फोर ब्यानरमा क्लिक गर्नुपर्नेछ ।

भोट नाउमा क्लिक गरी आफूलाई मन परेको प्रतियोगीको प्रोफाइलमा गएर इच्छाइएको संख्यामा भोट गर्न सकिने सेलकमले जनाएको छ । साथै वाच एड हेरेर एक एपिसोडका लागि एक भोट गर्न निःशुल्क गर्न सकिने पनि सो कम्पनीले जानकारी दिएको छ ।