कीवर्डहरू -

पिजिडिसिए : स्नातकपछि सबैले पढ्ने मिल्ने आइटीको शैक्षिक कार्यक्रम

पिजिडिसिए : स्नातकपछि सबैले पढ्ने मिल्ने आइटीको शैक्षिक कार्यक्रम

शिव बस्नेत-
तपाईं स्नातक तहमा आइटी विषय नपढे पनि अब आइटी विषय पढ्न चाहिरहनु भएको छ ? आइटीमा रुचि भएर पनि आफ्नो पढाइ आइटी नभएका विद्यार्थीका लागि राम्रो अवसर छ । गैरआइटी पृष्ठभूमि भएका स्नातक तह पूरा गरेका विद्यार्थीले आइटीको डिग्री लिन चाहेमा नेपालमै पूर्वाञ्चल विश्वविद्यालयले ल्याएको पोस्ट ग्य्राजुएट डिप्लोमा इन कम्प्युटर एप्लिकेशन (पिजिडिसिए) निकै उपयोगी हुन सक्छ । यसले मास्टर्स इन कम्प्युटर एप्लिकेशन (एमसीए) मा सीधै पढ्न पाउने अवसर दिन्छ भने अन्य आइटी कार्यक्रम पढ्न चाहेको अवस्थामा पनि विद्यार्थीले सो अवसर पाउँछन् ।

के हो पिजिडिसिए ?
नेपालमा पिजिडिसिए पूर्वाञ्चल विश्वविद्यालयले ल्याएको पुरानो कम्प्युटर कोर्स वा शैक्षिक कार्यक्रम हो । यस विश्वविद्यालयबाट सम्बन्धन लिई कान्तिपुर सिटी कलेजलगायतले यो कार्यक्रम सञ्चालन गरिरहेका छन् । यो एक वर्षको आइटी कोर्स हो । पिजिडिसिए अध्ययन सकेका विद्यार्थीले सूचना प्रविधिका विभिन्न क्षेत्रमा आफ्नो करियर बनाउन सक्छन् । हाल नेपालमा पूर्वाञ्चल विश्वविद्यालयले मात्र यस्तो कोर्स सञ्चालन गरिरहेको छ । सेमेस्टर सिस्टममा पढाइ हुने यो कोर्सको जिपिए मेथडबाट इभ्यालुएसन गरिन्छ ।

कुनै पनि विषयमा स्नातक उत्तीर्ण विद्यार्थीले पिजिडिसिए अध्ययन गर्न सक्छन् । स्नातकमा न्यूनतम सेकेन्ड डिभिजन ल्याए यो विषय पढ्न पर्याप्त हुन्छ । स्नातकमा आइटी, साइन्स वा इन्जियिरिङ विषयका लागि मात्रै आइटी पढ्न पाउने नियम यसमा छैन । बिए, बिएससी, बिएड लगायतका संकायका विद्यार्थीले सहजै पिजिडिसिएको अध्ययन गर्न पाउँछन् ।

पाठ्यक्रमको उद्देश्य
पिजिडिसिएले विद्यार्थीलाई हार्डवेयर र सफ्टवेयर सिस्टमको विस्तृत ज्ञान प्रदान गर्दछ । यसले मानिसको जीवनशैलीसँग सम्बन्धित रहेर प्रविधिको उपयोग र विकाससम्बन्धी ज्ञानलाई जोड दिन्छ । कम्प्युटरमा आधारित सिस्टमको एनलाइसिस, डिजाइन र डेभलपमेन्ट सम्बन्धी जानकारी प्रदान गर्दछ । त्यस्तै वर्तमान र भविष्यका प्रविधिहरूबारे विद्यार्थीलाई अनुसन्धानमा सहभागी लगाउँछ । साथै उनीहरूलाई उद्यमशीलता शीपको विकास गर्न पनि मद्दत पु¥याउँछ । विद्यार्थीको साउन्ड प्रिजेन्टेशन र कम्युनिकेशन स्किल बढाउन पनि पिजिडिसिएले सहयोग गर्दछ ।

पाठ्यक्रममा के के छन् ?
पहिलो सेमेस्टरमा सूचना प्रविधिको परिचय, डिजिटल लजिक एन्ड कम्प्युटर डिजाइन, प्रोब्लम सल्भिङ एन्ड प्रोग्रामिङ इल सी, डाटा कम्युनिकेशन्स एन्ड नेटवर्क, म्याथमेटिक्स र वेब टेक्नोलोजी लगायत विषय अध्ययन गर्नुपर्छ । त्यस्तै दोस्रो सेमेस्टरमा सिस्टम एनलाइसिस एन्ड डिजाइन, डाटा स्ट्रक्चर एन्ड अल्गोरिदम, स्टाटिस्टिक्स एन्ड न्युमेरिकल मेथड्स, डाटाबेस म्यानेजमेन्ट सिस्टम, अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ लगायत विषय अध्ययन गर्नुपर्छ ।

पढ्न योग्यता कति हुनुपर्छ ?
कुनै पनि विषयमा स्नातक उत्तीर्ण विद्यार्थीले पिजिडिसिए अध्ययन गर्न सक्छन् । स्नातकमा न्यूनतम सेकेन्ड डिभिजन ल्याए यो विषय पढ्न पर्याप्त हुन्छ । स्नातकमा आइटी, साइन्स वा इन्जियिरिङ विषयका लागि मात्रै आइटी पढ्न पाउने नियम यसमा छैन । बिए, बिएससी, बिएड लगायतका संकायका विद्यार्थीले सहजै पिजिडिसिएको अध्ययन गर्न पाउँछन् ।

पढाइपछिको करियर ?
विद्यार्थीले यो एक वषको यो शैक्षिक कार्यक्रमपछि सूचना प्रविधि क्षेत्रमा विभिन्न अवसर प्राप्त गर्छन् । यो क्षेत्रमा जागिर पाउनुका साथै आफै स्वराजगार बन्न सक्छन् । पिजिडिसिए गरेपछि मास्टर्स इन कम्प्युटरका अन्य विषयमा डिग्री गर्न सकिन्छ । गैरआइटी विषय पढेका स्नातकका विद्यार्थीले मास्टर्समा आइटी विषय पढ्ने ढोका पनि यो हो ।

कहाँ पढाइ हुन्छ ?
यो पाठ्यक्रम काठमाडौंको कान्तिपुर सिटी कलेज (केसिसी), विराटनगरको पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी (पुसेट) र पोखराको ल ग्रान्डी इन्टरनेशनल कलेजमा पढाइ हुन्छ ।