कीवर्डहरू -

दुरसञ्चार प्राधिकरणले कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम स्थापना गर्ने, डीपीआर बनाउँदै 

दुरसञ्चार प्राधिकरणले कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम स्थापना गर्ने, डीपीआर बनाउँदै 

नेपाल दूरसञ्चार प्राधिकरणले आइसिटी तथा टेलिकम उद्योगका लागि कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (सर्ट) बनाउने भएको छ । यसका लागि प्राधिकरणले आईतबार एक सूचना प्रकाशित गर्दै आशयपत्र माग गरेको छ ।

प्राधिकरणले टेलिकम र आइसिटी उद्योगका लागि सर्ट स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न राष्ट्रिय रूपमा परामर्शदाता माग गरेको हो ।

पछिल्लो समय साइबर अपराधका घटना बढ्दै गएपछि त्यसलाई प्रतिरोध गर्न प्राधिकरणले सर्ट स्थापना गर्न लागेको हो ।

इच्छुक परामर्शदाताले प्राधिकरणको कार्यालय र वेबसाइटबाट आशयपत्रको डकुमेन्ट निःशुल्क प्राप्त गर्न सक्ने छन् । आशयपत्र माघ १७ गतेसम्म पेश गर्न सकिने प्राधिकरणले जनाएको छ ।

आशयपत्रको मूल्यांकन ५० प्रतिशत योग्यता, ४० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा गरिने छ । आशयपत्रको मूल्यांकनपछि शर्ट लिष्टमा परेका कम्पनीलाई प्राविधिक र वित्तिय प्रस्तावका लागि इन्भाइट गरिने छ ।
आशयपत्र पास हुन कम्तिमा ६० अंक ल्याउमु पर्ने हुन्छ ।