कीवर्डहरू -

‘नास्ट गान’ तयारी गरी पेश गर्न नास्टको आह्वान, सर्वोत्कृष्ट गानलाई ५० हजार पुरस्कार 

‘नास्ट गान’ तयारी गरी पेश गर्न नास्टको आह्वान, सर्वोत्कृष्ट गानलाई ५० हजार पुरस्कार 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ‘नास्ट गान’ तयार गरी पेश गर्न आह्वान गरेको छ । आईतबार एक सूचना प्रकाशित गर्दै नास्टले नास्ट गान तयार गरी पेश गर्न आह्वान गरेको हो ।

नास्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव-प्रवर्तन सम्बन्धि र यस मार्फत देशको समृद्धि बारे पूर्णभाव प्रष्फुटन हुने गरी ६० शब्द नबढाई नेपाली भाषामा नास्ट गान तयार पार्नुपर्नेछ ।

इच्छुक सर्जकहरूले माघ मसान्त भित्र नास्ट गान तयार गरी [email protected] पठाउन सक्नेछन् । छनोट हुने सर्वोत्कृष्ट नास्ट गानलाई ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने नास्टले जनाएको छ ।