प्रविधि तथा विज्ञानको क्षेत्रमा अत्याधुनिक प्रविधिहरुको विकाससँगसँगै विश्वमा अनेकौ असम्भव कुराहरु सम्भव भएका छन् । अर्थात् केही दशकयता संसारमा प्रविधिको विकास एकदमै तीव्र गतिमा भइरहेको छ । प्रविधिको क्षेत्रमा भइरहेको क्रान्तिका कारण आज एआई तथा मेसिन लार्निङजस्ता विषयहरु वास्तविकतामा परिणत भएका छन् । सूचना प्रविधि तथा विज्ञानका कुराहरु गरिरहँदा इन्टरनेटलाई अलग्याउन सकिँदैन ।
प्रविधिको क्षेत्रमा यति धेरै विकास हुनुमा इन्टरनेटले एकदमै ठूलो भूमिका खेलेको छ । इन्टरनेट प्रविधिको क्षेत्रमा एउटा अभिन्न अंगका रुपमा स्थापित भइसकेको छ । यसको प्रयोग हरेक क्षेत्रमा हरेक काम सञ्चालनका लागि गरिन्छ । एकातर्फ इन्टरनेट विभिन्न सुविधा प्राप्त गर्ने माध्यम हो भने अर्कोतर्फ यसबाट निस्कने समस्याहरु पनि उत्तिकै छन् । तर, समग्रमा हेर्दा इन्टरनेट एउटा अवसरको माध्यम हो । इन्टरनेट अफ थिङ्क्सहरु (आइओटी)को विकास हुने क्रम जारी भइरहेको कारण यसबाट विभिन्न क्षेत्रमा रोजगारीको अवसर पनि तेजले वृद्धि भइरहेको छ ।
इन्टरनेट अफ थिङ्क्स (आइओटी) भनेको इन्टरनेट नेटवर्कसँग जोडिएका भिन्न पहिचान भएका डिभाइसहरु हुन्, जसलाई अन्य धेरै नेटवर्कसँग जोडेर अन्तरक्रिया गर्न सकिन्छ । विश्वको अर्थतन्त्रमा आइओटीले नयाँ क्षेत्र तथा धेरै नयाँ रोजगारीको अवसर निर्माण गरेको छ । आइओटीले निम्न क्षेत्रहरुमा रोजगारीका अवसरको सिर्जना गरेको छ ।
थ्रिडी प्रिन्टर्स
थ्रिडी प्रिन्टिङ लाई एडिटिभ म्यानुफ्याक्चरिङ पनि भनिन्छ । यो डिजिटल फाइलबाट ठोस वस्तु निर्माण गर्ने प्रक्रिया हो । एडिटिभ प्रोसेसद्वारा अब्जेक्टहरुलाई थ्रिडी प्रिन्ट गर्छ । थ्रिडी प्रिन्टिङ टेक्नोलोजी प्रचलनमा आएको धेरै वर्ष भइसकेको छ । तर, अहिलेको एडभान्स टेक्नोलोजीको कारणले यसमा अझ धेरै एडभान्स फिचर्सहरु थपिएका छन् । कम्प्युटरमा कुनै पनि वस्तुको मोडल तयार गरिन्छ र त्यसलाई थ्रिडी प्रिन्टरले लिन्छ । त्यसपछि ती वस्तुहरुलाई पत्रपत्र गरेर प्रिन्ट गर्छ । यसरी प्रिन्ट गर्दा वस्तुहरु प्रायः प्लास्टिकमा प्रिन्ट गरिन्छ ।
थ्रिडी प्रिन्टर्सको मद्दतले बबलहेड टोइज, कृत्रिम अंगहरु तथा बन्दुकहरु निर्माण गरिन्छ । अथवा यो प्रिन्टरबाट आफूले चाहेको आकारमा वस्तुहरु थ्रिडीमा निर्माण गर्न सकिन्छ । इन्जिनियरहरुले परम्परागत उत्पादन शैलीलाई त्यागेर थोरै मटेरियलको प्रयोग गरी जटिल वस्तुहरुको सेप निर्माण गर्नका लागि थ्रिडी प्रिन्टको प्रयोग गर्ने गर्दछन् ।
थ्रिडी प्रिन्ट पनि इन्टरनेट अफ थिङ्क्सअन्तर्गत पर्दछ । यसमा प्रिन्टिङका लागि इन्टरनेटको आवश्यकता पर्दछ । थ्रिडी प्रिन्टर छुट्टै विशेषता भएको इन्टरनेट अफ थिङ्क्स हो । मानिसहरुका लागि यसले पनि नयाँ रोजगारीको अवसरको सिर्जना गरेको छ ।
एग्रिकल्चरल टेक्नोलोजिस्ट
एग्रिकल्चरल टेक्नोलोजिस्टले जनावर तथा बोटबिरुवाबाट प्राप्त हुने खाद्यपदार्थहरु कसरी अधिकतम गराउने विषयमा कार्यरत हुन्छन् । टेक्नोलोजिस्टहरुलाई बालिनाली, माटो तथा पशुपालनसम्बन्धी सम्पूर्ण ज्ञान प्रदान गरिएको हुन्छ । एग्रिकल्चर टेक्नोलोजिस्टले इन्टरनेट अफ थिङ्क्सको प्रयोग गरी कसरी उत्कृष्ट उत्पादन गर्ने भन्नेबारे सम्पूर्ण अध्ययन गरेका हुन्छन् । यसका लागि टेक्नोलोजिस्टलाई डाटा आवश्यक पर्छ । त्यसकारण माटोको उर्वर क्षमता परीक्षणका लागि सोइल मोइस्चर सेन्सरको प्रयोग गरिन्छ । यसका साथै पोषक तङ्खव सेन्सर पनि त्यहाँ हुन्छ ।
पशुपन्छीका लागि पनि ट्र्याक्टरको प्रयोग गरिन्छ । यदि कुनै जनावर बिरामी भएमा म्यानेजरले तुरुन्तै ट्र्याकरको माध्यमबाट थाहा पाउन सक्छ । साथै दूधको उत्पादन तथा गुणस्तर परीक्षणका लागि पनि सेन्सर राखिएको हुन्छ । यसरी इन्टरनेटको माध्यमबाट कृषिक्षेत्रका डाटा लिएर उत्पादन क्षमतामा वृद्धि गराउने खालका उपाय अपनाउन सकिन्छ । र, फाइदा बढाउन सकिन्छ ।
इन्टरमोडल ट्रान्सपोर्ट डिजाइनर
इन्टरमोडल ट्रान्सपोर्ट भनेको कन्टेनरबाट समान ओसारपसार गर्नु हो । कन्टेनर एउटा ठुलो मेटल बक्स हो र यो सिपबाट ट्रकमा सार्न सहज होस् भन्ने हिसाबले यो बर्गाकार हुन्छ । यस्तो बक्समा लामो समय यात्रा गर्दा समूहहरु फुट्ने र चोरी हुने सम्भावना कम हुन्छ ।
तर यसलाई आइओटीले अझ सुरक्षित बनाइदिएको छ । कन्टेनरहरुलाई सुरुदेखि अन्त्यसम्म यात्रा अवधिभर नेटवर्कबाट निरीक्षण गर्न सकिन्छ । यस्तो सिस्टमका लागि सिस्टम डिजाइन तथा समायोजन गर्नुपर्छ । यसले गर्दा कन्टेनरहरुमा निरीक्षण कार्य अझ प्रभावकारी हुन्छ । कन्टेनरमा राखिएको ट्र्याकिङ सिस्टमले सामानको मात्र नभएर गाडीको स्पिड, फ्युल कन्स्मसन तथा कन्टेनरको तापक्रमसमेत ट्र्याक गरेर हेर्न सकिन्छ । यसरी आइओटीले फ्रेट सिपिङलाई अझ क्रियाशील तथा उत्तरदायी बनाएको छ ।
मेडिकल रोबोट डिजाइनर
केही वर्षयता डक्टरहरुले नियमित सर्जरीसहित मेडिकल प्रयोजनका लागि रोबोटको प्रयोग गरेका छन् । मेडिकल रोबोटमा साधारण तया रोबोटिक्स सिस्टम, सेन्सर तथा सफ्वेयरको कमान्डमा काम गर्ने सर्जिकल टुल समावेश गरिएको हुन्छ । राम्रोसँग डिजाइन गरी तैनाथ गरिएका रोबोटले अस्पतालको गुणस्तरमा वृद्धि गरी लागत घटाई बिरामीहरुलाई राम्रो सेवासुविधा प्रदान गर्न सघाउ पु¥याउँछ ।
अबको चार पाँच वर्षमा धेरैजसो सर्जरीहरुलाई राम्रोसँग नियन्त्रण गर्न सक्छ । सर्जनहरु भने बिरामीको सुरक्षाका लागि रोबोट अपरेट गर्ने अपरेटिङ म्यानेजर बन्नेछन् । ती रोबोटहरु लोकल नेटवर्क तथा इन्टरनेटद्वारा अन्य प्रोडक्टसँग पनि कनेक्ट रहनेछ । क्यामेरा, भिडियो स्क्रिन, माइक्रोफोन तथा स्पिकरहरु पनि सिस्टममा समावेश गरिनेछ । उक्त मेडिकल रोबोट निर्माणका लागि रोबोट डिजाइनरहरुमा मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रिकल सिस्टम तथा कम्प्युटर सफ्टवेयरको एडभान्स स्किल हुन आवश्यक हुन्छ ।
वेयरेबल टेक डिजाइनर
अहिलेको समयमा साना सेन्सर र ब्याट्री तथा स्वेट इलेक्ट्रोनिक्सलगायतमा सामानहरु धेरै प्रयोगमा आएका छन् । साबै कम्पनीले यी सम्पूर्ण कुराहरु वेरएबल टेक्नोलोजीमा समावेश गरेको छ । सत्तरी प्रतिशतभन्दा धेरै मानिस वेयरेबल टेक्नोलोजीको प्रयोग गर्न मन पराउँछन् । फिटनेससँग सम्बन्धित प्रोडक्ट वेयरेवल टेकको राम्रो उदाहरण हो । फिटबिटको ब्रेसलेट जसले कति समय अथवा कति पाइला हिँडियो त्यो ट्रयाक गर्छ ।
यसका साथै हर्ट रेट, क्यालोरी बर्न तथा स्मार्टफोनको जानकारी समेत यसबाट लिन सकिन्छ । ट्र्याकरले मुभमेन्टहरु ट्र्याक गर्छ र रिभ्यूका लागि सफ्टवेयरमा राख्छ । त्यसमा यदि गलत पोजिसन भयो भने सेन्सरले उक्त टेकमा भाइब्रेसन ल्याउने गर्छ ।
अहिले यस्ता ज्वेलरीहरु खरिद गर्न सकिन्छ, जसले समय समयमा नयाँ मेसेजको बारे र हर्ट रेटको बारेमा जानकारी दिन्छ । साथै यसले स्मार्टफोन तथा म्युजिकल प्लेयरजस्ता डिभाइससँग कम्युनिकेट गराउन सकिन्छ । टेक डिजाइनरहरु यस्ता टेक तयार गर्न एकदमै मोबाइल कम्प्युटिङ टेक्नोलोजीसँग अपटुडेट रहनुपर्छ । यो पनि एउटा इन्टरनेट अफ थिङ्क्स हो । जसले नयाँ रोजगारीको अवसर सिर्जना गरेको छ ।