कीवर्डहरू -

डिशहोमले ल्यायो शर्ट्स टिभी, अस्कर अवार्डमा मनोनीत भएकासँगै अन्य शर्ट मुभी हेर्न सकिने 

डिशहोमले ल्यायो शर्ट्स टिभी, अस्कर अवार्डमा मनोनीत भएकासँगै अन्य शर्ट मुभी हेर्न सकिने 

नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले शर्ट्स टिभी सार्वजनिक गरेको छ । सोमबार एक भर्चुअल कार्यक्रम आयोजना गर्दै डिशहोमले नेपालमा शर्ट्स टिभी सार्वजनिक गरेको हो ।

शर्ट्स टिभी डिशहोम र डिशहोम गो एपबाट हेर्न सकिने छ । दक्षिण एशियामा भारतपछि नेपालमा शर्ट्स टिभी लञ्च भएको हो । शर्ट्स टिभीबाट विभिन्न शर्ट्स मुभि र अस्कर अवार्डमा नोमिनेटेड भएका शर्ट फिल्महरू हेर्न सकिने छ । नेपालीहरूले बनाएका शर्ट मुभिहरूमा पनि यसमा प्रसारण हुनेछ ।

कार्यक्रममा शर्ट्स टिभीका सीईओ कार्टर पिल्चरले नेपालमा शर्ट्स टिभी सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए । साथै उनले नेपाल आईकनिक देश भएको भनेर प्रशंसा समेत गरे ।

त्यस्तै कार्यक्रममा डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्यले नेपाली शर्ट मुभी मेकरका लागि यो राम्रो प्लेटफर्म भएको बताए । यसले नेपाली सामग्रीलाई विश्वसामु पुर्‍याउने उनको भनाइ छ ।

शर्ट्स टिभी शर्ट्स फिल्महरूको विश्वव्यापी डेडिकेटेड नेटवर्क हो । यसको क्याटलगमा १३ हजार बढी शीर्षहरू रहेका छन् । शर्ट्स टिभीले सन् २००६ देखि अस्कर अवार्डमा नोमिनेटेड भएका शर्ट फिल्महरू रिलिज गर्दै आएको छ ।

शर्ट्स टिभीको प्रमुख कार्यालय लन्डनमा रहेको छ । शर्ट्स टिभी, युरोप, अमेरिका लगायतका देशसँगै अमेजन प्राइम, आईट्युन्स र गूगल प्लेमा समेत उपलब्ध रहेको छ ।