कीवर्डहरू -

स्ट्याण्डर्ड स्याम्पल एप्लिकेशन र ओपन सोर्स बारे सिकाउँदै टेक वेबिनार

स्ट्याण्डर्ड स्याम्पल एप्लिकेशन र ओपन सोर्स बारे सिकाउँदै टेक वेबिनार

टेक वेबिनार नेपालको ३९ औं श्रृंखलामा एनईटी विकासकर्ता बन्न के गर्नुपर्छ भनेर सिकाइने भएको छ । आगामी ३० जनवरी साझँ ६ बजेबाट सुरु हुने वेबिनारमा फ्रेसरहरुलाई इन्जिनियरिङको आधारभूत कुराको बारेमा सिकाइने भएको हो । त्यस्तै एण्ड टू एण्ड इन्टरप्राइज स्तरीय एप बनाउन कहाँबाट सुरु गर्ने भन्ने विषयमा पनि छलफल गरिनेछ ।

उक्त वेबिनारमा विगतमा निर्माण गरिएको स्ट्याण्डर्ड स्याम्पल एप्लिकेशन र ओपन सोर्सको परिचय पनि दिइनेछ । वेबिनारमा यी सब विषयको बारेमा माइक्रोसफ्टका वरिष्ठ इन्जिनयरिङ प्रबन्धक हस्सन रेज्क हबिबले बताउने भएका छन् ।

उनी द स्टयाण्डर्ड अफ इन्जिनियरिङ किताबका लेखक पनि रहेका छन् । टेकब्लगर समेत रहेका हस्सनले जिटफाइलको बारेमा पनि छोटो परिचय दिनेछन् । साझँ ७ बजेबाट सुरु हुने टेक वेबिनार नेपालको ३९ औं श्रृंखलामा सहभागी हुन यहाँ क्लिक गरी फर्म भर्नुहोस ।