कीवर्डहरू -

कसमस कलेजमा आयोजना भएको हल्ट क्विज प्रतियोगिताका विजेतालाई प्रमाणपत्र वितरण 

कसमस कलेजमा आयोजना भएको हल्ट क्विज प्रतियोगिताका विजेतालाई प्रमाणपत्र वितरण 

कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा आयोजना भएको हल्ट क्विज प्रतियोगिताका विजेतालाई आईतबार प्रमाणपत्र वितरण गरिएको छ । गत डिसम्बर ६ मा कलेजमा हल्ट क्विज प्रतियोगिता आयोजना भएको थियो ।

उक्त प्रतियोगितामा ७५ जना सहभागी भएका थिए भने १०० जना अडियन्सको रूपमा विद्यार्थी उपस्थित भएका थिए । प्रतियोगिता सबै संकायका विद्यार्थीका लागि खुल्ला गरिएको थियो । एउटा टिममा ३ जना सहभागी रहेका थिए ।

प्रारम्भिक चरणमा प्रतियोगितामा २६ टिम सहभागी भएका थिए । ती मध्ये ५ टोली अन स्टेज फाइनलका लागि छनोट भएका थिए ।

उक्त कार्यक्रममा अतिथि तथा वक्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कसमस कलेजका प्रिन्सिपल डा. पवन कुमार भट्टराईले विद्यार्थीहरूलाई कक्षा कोठाभन्दा बाहिर सिक्न आपुले प्रेरित गर्ने बताए ।

त्यस्तै कार्यक्रममा अतिथि वक्ताको रूपमा इढेवाका सीईओ एलोन बैलोचन तुलाधरले हल्ट प्राइज र यसको महत्व बारे बताएका थिए । हल्ट क्विज प्रतियोगिताका पहिलो, दोस्रो र तेसो हुने टिमलाई प्रमाणपत्र र नगद रूपैयाँ प्रदान गरिएको थियो ।