कीवर्डहरू -

नेट टिभीको स्ट्रिम्ज प्लस सेटटप बक्स प्रयोग गरी अब टिभीमा गेम खेल्न सकिने

नेट टिभीको स्ट्रिम्ज प्लस सेटटप बक्स प्रयोग गरी अब टिभीमा गेम खेल्न सकिने

अब नेपालमा पनि नेटटिभीको स्ट्रिम्ज प्लस सेट टप बक्समा एयरकन्सोल उपलब्ध भएको छ । यो सहकार्यसँगै नेपालका सबै नेटटिभी स्ट्रिम्ज प्लस सेट टप बक्स प्रयोगकर्ताले एयरकन्सोलको प्रिमियम भर्सन प्रयोग गर्न पाउनेछन् ।

यसमा १८० ओटा गेमहरु रहेका छन् । नेट टिभी स्ट्रिम्ज प्लस सेटटप बक्स प्रयोग गरी प्रयोगकर्ताले टिभीमा १८० गेमहरू खेल्न सक्नेछन् । नेटटिभीको स्ट्रीम्ज प्लस बक्स एन्ड्रोइड सर्टिफाइड बक्स हो । यसमा आफ्नो स्मार्टफोनलाई कन्ट्रोलरमा परिणत गरेर प्रयोग गर्न सकिन्छ ।

यति भएपछि अरु कुनै हार्डवेयर खरिद गरिरहनुपर्दैन् । नेटटिभीका सिईओ  निरन राजभण्डारीले एयरकन्सोलले आफ्नो कम्पनीलाई विश्वास गरेर सहकार्य गरेकोमा एकदमै खुशी रहेको बताएका छन् । प्रयोगर्ताले टिभीमा निःशुल्क गेमिङको मज्जा लिन पाउने छन् ।