कीवर्डहरू -

फ्युजमेसिनद्वारा नेपालमा \'एआई फेलोशिप २०२२\' को घोषणा

UKAID सीपको सहयोगमा हुने यस कार्यक्रममा उच्च माग भएका पाठ्यक्रमहरू समावेश भएका छन् जसले गर्दा एआई प्रतिभाका नयाँ पुस्ता सिर्जना हुनेछन् ।

फ्युजमेसिनद्वारा नेपालमा \'एआई फेलोशिप २०२२\' को घोषणा

आर्टिफिसियल इन्टेलिजेन्स प्रतिभा, शिक्षा र सेवा प्रदान गर्दै आएको संस्था फ्युजमेसिनले बुधबार नेपालमा एआई फेलोशिप २०२२ को घोषणा गरेको छ ।

यो अनलाइन मार्फत प्रत्यक्ष प्रमाणीकरण हुने फेलोशिप कार्यक्रम विगत २ वर्ष देखि फ्युजमेसिनको पहलमा नेपालमा विकास र विस्तार गरिएको हो ।

विगत २ वर्ष देखि नै यस कार्यक्रममा यूकेएड स्कील्स फर इम्प्लोइमेन्ट ( सीप ) को सहयोग रहदै आएको छ । यस कार्यक्रमको मुख्य अभिप्राय क्षमता अभिवृद्धि हो ।

यस कार्यक्रमको मुख्य उद्देश्य नेपालमा एआई इन्जीनियरहरूको संख्यामा वृद्धि गर्नु हो र यस कार्यक्रममा जम्मा १०० जना गणित, ईन्जिनियरिङ र कम्प्युटर विज्ञान पृष्ठभूमि भएका विश्वबिद्यालय अध्यनरत विद्यार्थीहरू तथा स्नातक उतीर्णहरूलाई परिक्षा मार्फत आवद्ध गरिनेछ । चयन गरिएका परीक्षार्थीहरूलाई सम्पूर्ण पाठ्यक्रमहरूमा पूर्ण–छात्रवृत्ति प्रदान गरिनेछ ।

\"\"

यस कार्यक्रमको मुख्य उद्देश्य नेपालमा एआई इन्जीनियरहरूको संख्यामा वृद्धि गर्नु हो र यस कार्यक्रममा जम्मा १०० जना गणित, ईन्जिनियरिङ र कम्प्युटर विज्ञान पृष्ठभूमि भएका विश्वबिद्यालय अध्यनरत विद्यार्थीहरू तथा स्नातक उतीर्णहरूलाई परिक्षा मार्फत आवद्ध गरिनेछ । चयन गरिएका परीक्षार्थीहरूलाई सम्पूर्ण पाठ्यक्रमहरूमा पूर्ण–छात्रवृत्ति प्रदान गरिनेछ ।

कार्यक्रम बारे सीपका टोली प्रमुख बल्जित बोहरा तथा उपप्रमुख स्तुति बस्नेतले नेपालमा रहेका विद्यार्थीहरुको सिपलाई विश्वब्यापी आइसीटी प्रणालीसंग मेल हुने गरि प्रणाली सुधार गरे मात्र नेपालको आइसीटीमा सम्भावना बलियो हुने बताए ।

‘विगत २ वर्ष देखि हामीले फ्युजमेसिनको विकास यात्रामा सहयोग गर्दै आएका छौं, उनले भने, ‘त्यस्तै हामीले आवश्यक पूर्वाधार विस्तार गर्न,  समय सान्दर्भिक पाठ्यक्रमहरू निर्माण र लागु गर्न र शैक्षिक संस्थाहरू र अन्य सम्बन्धित् प्रणालीहरूसँग बलियो सहकार्य गर्न मद्दत गरेका छौं ।’

अमेरिकाका उच्च कोटीका विश्वविद्यालयमा रहेका एआई संकायका सदस्यहरू र एआई उद्योग विशेषज्ञहरुद्वारा निर्माण गरिएको र फ्युजमेसिनको स्वामित्वमा रहेको माइक्रोडिग्री र माइक्रोडिग्री स्पेशलाइजेशन कार्यक्रमलाई एआई फेलोशिप २०२२ मा समावेस गरिने छ ।

एक वर्ष लामो यस द्रुतगतिको कार्यक्रममा मेसिन लर्निङ, डिप लर्निङ्ग, न्याचुरल ल्यांग्वेज प्रोसेसिङ्ग र कम्प्युटर भिजनको पाठ्यक्रमहरू छन् ।

हरेक बर्ष, हामी सबैका लागी विश्वसनीय, उच्च गुणस्तरको एआई तालिम प्रदान गरि एआईमा पहुँच बढाउने बाटो तर्फ ठुला कदम बढाउन जारी राखेको फ्युजमेसिनका प्रमुख कार्यकारी अधिकृत समीर मास्केले बताए ।

उनले फ्युजमेसिन संस्थाले फेलोशिप कार्यक्रमका पुर्वविद्यार्थीहरूलाई रोजगारी प्रदान गरेको र यस किसिमको महत्त्वपूर्ण पहलको निरन्तरता मार्फत अझ उच्च गुणस्तरको प्रतिभा निर्माण गर्न सक्षम हुने आशा व्यक्त गरे ।

‘सीप जस्ता प्रतिबद्ध साझेदारहरूबाट समर्थन पाएकोमा हामी खुसी छौं, सीपले विभिन्न पृष्ठभूमिका नेपाली नागरिकहरूलाई विभिन्न सीपहरू प्रदान गर्ने ठोस प्रयासले नेपालको रोजगारी दर सुधारका लागि महत्वपूर्ण भूमिका खेलेको छ,’ मास्केले भने ।

कार्यक्रमको अन्त्यसम्ममा, विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ  र डीप लर्निङ एल्गोरिदमका साथै अन्तर्निहित गणित र कोडको ठोस बुझाइको विकास गर्नेछन् ।

कार्यक्रमले सम्मानित शिक्षाविद् र उद्योग विशेषज्ञहरूद्वारा संचालित साप्ताहिक अनलाइन कक्षाहरू, प्रोग्रामिङ असाइनमेन्टहरू, समूह परियोजनाहरू र परीक्षाहरू समावेश गरी मिश्रित सिकाइ प्रणालीको प्रयोग गर्नेछ। साथै धेरै जसो सामग्रीहरू विद्यार्थीहरूले आफ्नो अनुकुल प्रयोग गर्नका लागि अनलाइन उपलब्ध हुनेछन् ।

फ्युजमेसिनले सन् २०१७ मा पहिलो पटक एआई फेलोशिप कार्यक्रमको सुरुवात गरेको थियो । फेलोशिप र यसको आवेदन÷छनोट प्रक्रिया र दर्ता विवरणहरूको बारेमा थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

आर्टिफिसियल इन्टेलीजेन्स (ए.आई.) लगायत आफ्ना अन्य सेवाहरुको माध्यमबाट उद्यम ब्यबसाय क्षेत्रमा उपलब्धी भित्र्याउनमा नाम कमाएको संस्था फ्यूजमेशिनको स्थापना सन २०१३ मा भएको हो ।