कीवर्डहरू -

माइक्रोसफ्टले ६९ अर्ब डलरमा खरिद गर्‍यो क्यान्डिक्रस बनाउने कम्पनी एक्टिभिजन ब्लीजार्ड

माइक्रोसफ्टले ६९ अर्ब डलरमा खरिद गर्‍यो क्यान्डिक्रस बनाउने कम्पनी एक्टिभिजन ब्लीजार्ड

माइक्रोसफ्टले अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौतामा एक्टिभिजन ब्लीजार्ड कम्पनी खरिद गरेको छ । ६९ बिलियन अमेरिकी डलरको सम्झौता गरेर माइक्रोसफ्टले क्यान्डी क्रस, कल अफ ड्युटी जस्ता लोकप्रिय गेम बनाउने कम्पनीलाई खरिद गरेको हो ।

यसले माइक्रोसफ्टको गेमिङ व्यवसायमा वृद्धि ल्याउने कम्पनीको विश्वास रहेको छ । त्यस्तै यसले मेटाभर्सको भविष्यमा निर्माणमा पनि सहयोग पुर्‍याउने कम्पनीको आशा रहेको छ ।

यस्ता चर्चित गेमहरुलाई आफ्नो साईटमा जोडेर आफ्नो एक्सबक्सको व्यवसायलाई पनि माइक्रोसफ्टले प्रर्वद्धन गराउन खोजेको छ । लिगं विभेद र महिला शोसन गर्ने गरेको विवादमा फसेकै अवस्थामा एक्टिभिजन ब्लीजार्डले माइक्रोसफ्टसँग सहकार्य गरेको छ ।