विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीमा सुरु भएको छ ।
कसमस कलेजका सिभिल पाँचौ सेमेस्टरमा अध्ययनरत विद्यार्थी दिपक दाहाल ‘हल्ट प्राइज’ कसमस कलेजको निर्देशक छनोट भएसँगै यो प्रतियोगिता पहिलो पटक कसमसमा हुँदैछ ।
२१ वर्षको उमेरमै दाहालले यो जिम्मेवारीलाई निकै राम्रोसँग निभाएको कसमस परिवारले जनाएको छ । हल्ट प्राइज कसमसका निर्देशक दिपक दाहालले यो सबै श्रेय उनको कमिटी र कसमस कलेजको साथले भएको बताएका छन् ।
कसमस कलेजमा प्रथम भएको विद्यार्थीको समूह क्षेत्रीय हुँदै अन्तिम चरणसम्म पुग्न सक्नेछन् र विजेताले एक लाख अमेरिकी डलर सम्म जित्नेछन् । दाहालले विद्यार्थीहरूका लागि हल्ट प्राइज सुनौलो अवसर भएको बताए ।
विद्यार्थीहरु तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन् । धेरै विद्यार्थीको सहभागिताको लागि विभिन्न क्याम्पसहरुमा हल्ट प्राइजको बारे जानकारीमूलक कार्यक्रमहरु गर्ने योजनामा रहेको क्याम्पस निर्देशक दाहालले बताए ।