कीवर्डहरू -

ई-क्याबको सेवा शुरू, यस्ता छन् सुविधा

ई-क्याबको सेवा शुरू, यस्ता छन् सुविधा

अनलाइनबाटै ट्याक्सी बोलाउन सकिने प्लेटफर्म ई-क्याब नेपालको सेवा शुरू भएको छ । यात्रुहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राखेर सहज र सूफत मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न ई–क्याबको शुरू भएको हो ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले शुक्रबार एक कार्यक्रमका बीच यो सेवाको शुभारम्भ गरेका हुन् ।

यसमा सेवाग्राहीले खल्तीबाट वा क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । साथै नगदबाट समेत भुक्तानी गर्न सकिने छ ।

यो सेवा बेलायतमा बसोबास गर्दै आएका गैर आवासीय नेपाली युवा समूहको अग्रसरतामा सञ्चालनमा आएको हो । जसमा युरोप तथा अमेरिका लगायतका विभिन्न देशहरुमा सञ्चालन गरिएको डिजिटल प्रविधिको प्रयोग हुने जनाइएको छ ।

ई-क्याब सुरक्षित भएको कम्पनीको भनाइ छ । यसमा यात्रा सुरु गर्नुअगाडि राइड भेरिफिकेसन कोड निश्चित गर्नुपर्ने हुन्छ ।

नयाँ प्रविधि जडित यो सेवामा यात्राको क्रममा प्रयोग कर्ता कहाँ र कुन बाटोमा यात्रा गर्दैछ, साथी र परिवारले एसएमएस वा इमेलबाट तत्काल जानकारी प्राप्त गर्न सकिने छ । यसमा लाइसेन्स, इन्स्योरेन्स र बिल बुक राखेर ट्याक्सी बुकिङ गर्न सकिने छ ।