कीवर्डहरू -

क्रिप्टोकरेन्सी बजार क्रयास हुँदा एक ट्रिलियन डलर घाटा

क्रिप्टोकरेन्सी बजार क्रयास हुँदा एक ट्रिलियन डलर घाटा

विश्वव्यापी रुपमा क्रिप्टो बजारले एक ट्रिलियन अमेरिकी डलरको घाटा व्यहोरेको छ । बिटकोइन लगायतका अरु क्रिप्टोकरेन्सी शनिबार क्रयास भएका थिए, जसकारण क्रिप्टो बजारले एक ट्रिलियन अमेरिकी डलरको घाटा व्यहोरेको हो ।

बिटकोइनको एउटा कोइनको मूल्य ३५ हजार डलर रहेको थियो र नोभेम्बरको उच्चतम मूल्यबाट बिटकोइनको मूल्य ४० प्रतिशतले घटेको छ । सन् २०२१ को नोभेम्बरमा बिटकोइनको मूल्य ६९ हजार डलर प्रति कोइन पुगेको थियो ।

यूएस फेडेरल रिजर्भले इन्टरेस्ट रेट बढाइदिएर मार्केटबाट स्टीमुलस लिईदिने भनेपछि मार्केट क्रयास भएको हो ।इथेरियम, फाइनान्स कोइन र कार्डानोको मूल्य पनि घटेको थियो र सोलाना, डोजेकोइन र सिबु जस्ता डिजिटल करेन्सीको मूल्य पनि घटेको छ ।