कीवर्डहरू -

जेनेस सोलुसन आईएसओ २७००१ सर्टिफाइड

जेनेस सोलुसन आईएसओ २७००१ सर्टिफाइड

बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी जेनेस सोलुसन आईएसओ सर्टिफाइड भएको छ । जेनेस इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम (आईएसओ) २७००१ बाट प्रमाणित भएको हो ।

आईएसओ २७००१ सबैभन्दा बढी मान्यता प्राप्त हो ।  अन्तर्राष्ट्रिय रूपमा इन्फर्मेसन सेक्युरिटीको मापदण्ड पुरा गरेकालाई यो प्रमाणपत्र दिइन्छ । जेनेसले इन्फर्मेसन सेक्युरिटीका अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरेकाले आईएसओबाट प्रमाणित भएको हो ।

यसले गर्दा जेनेस सोलुसनले ग्राहकको डेटा सुरक्षालाई ध्यान दिएको देखाउँछ । ग्राहकको डेटा सुरक्षा आफ्नो लागि एकदमै महत्वपूर्ण भएको र आईएसओ २७००१ एउटा शुरूवात मात्र भएको कम्पनीले बताएको छ ।