कीवर्डहरू -

माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई त्रिविको निर्देशन

माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई त्रिविको निर्देशन

त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिविले माघ ११ गतेदेखि सबै सैद्धान्तिक कक्षाहरू अनलाइनबाट गर्ने निर्णय गरेको हो ।

यसका लागि सबै क्याम्पस तथा विभागहरूले सोमबार १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनु पर्नेछ ।

अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्नेछ । साथै सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्नुपर्ने छ ।

यस्तै अनलाइन पठनपाठन र परीक्षासम्बन्धी शिक्षकहरूलाई तालिम दिने र त्यसको विवरण सबै क्याम्पस, विभाग, अध्ययन संस्थानहरूले डिन कार्यालय पेस गर्नुपर्नेछ । अनलाइनमा तोकेको कक्षा लिने शिक्षकको हाजिरी अनलाइनबाटै हुने छ ।

यस्तो छ सूचना

\"\"

\"\"

\"\"