कीवर्डहरू -

ओहायोमा चिप निर्माण गर्ने उद्योग खोल्दै इन्टेल, २० बिलियन डलर लगानी हुने

ओहायोमा चिप निर्माण गर्ने उद्योग खोल्दै इन्टेल, २० बिलियन डलर लगानी हुने

इन्टेलले ओहायोमा चिप निर्माण गर्ने उद्योग खोल्न २० बिलियन डलर लगानी गर्ने भएको छ । टाइमसँगको अन्तर्वातामा इन्टेलले ओहायोमा ठूलो चिप निर्माण गर्ने ठाउँको विकास गर्न लागेको बताएको हो ।

इन्टेलका सिईओ प्याट जेलसिगंरले यो पृथ्वीकै सबैभन्दा ठूलो सिलिकन निर्माण गर्ने ठाउँ हुने विश्वास राखेका छन् । न्यू आल्बानीको एक हजार एकर जमिनमा यस उद्योगको विकास गरिनेछ ।

इन्टेलको योजना अनुसार त्यहाँ दुई ओटा प्लान्ट बसाएर ३ हजार जना कर्मचारीहरूलाई रोजगार प्रदान गरिनेछ । यही वर्ष निर्माण गर्ने भवन बनाउन सुरु गरिनेछ र कम्पनीले यो प्रोजेक्ट सन् २०२५ सम्ममा सम्पन्न हुने आशा गरेको छ ।

सन् २०२१ को ब्लुमबर्गको रिपोर्ट अनुसार अमेरिकी सरकारले इन्टेललाई चीनमा कारखाना खोल्न सख्त मनाही गरेको थियो, जसका कारण उद्योग अमेरिकामै बनाइने भएको हो ।

चिप अभावको समस्यालाई कम गर्नका लागि यो पहल सुरू गरिएको हो । कम्पनीले ३८ ओटा बेग्लाबेग्लै ठाउँहरु हेरेपछि अन्तत ओहायोलाई छानेको हो ।

भविष्यमा यस प्रोजेक्टलाई २ हजार एकर जमिनका विस्तार गरेर आठ ओटा प्लान्ट बसाउने इन्टेलको योजना पनि रहेको छ ।