कीवर्डहरू -

नोभाले जित्यो पीएमजीसीको उपाधी, पायो १७ करोड पुरस्कार

नोभाले जित्यो पीएमजीसीको उपाधी, पायो १७ करोड पुरस्कार

पब्जी मोबाइल ग्लोबल च्याम्पिनशिप (पीएमजीसी) २०२१ को उपाधी नोभाले जितेको छ । फाइनलमा भएको प्रतिष्पर्धामा कुल २२२ पोइन्ट जोड्दै चीनको नोभा ईस्पोर्ट्स टिम पीएमजीसीको विजेता भएको हो ।

नोभाले फाइलनमा भएका १८ वटा म्याचमा एउटा चिकेन डिनर र १०३ किलसहित जम्मा २२२ पोइन्ट्स जोडेको थियो । त्यस्तै पीएमजीसीमा नाभी दोस्रो र निग्मा ग्यालेक्सी तेस्रो भएको थियो ।

नाभीले कुल १७५ पोइन्ट्स र निग्मा ग्यालेक्सीले कुल १६६ पोइन्ट्स प्राप्त गरेका छन् । ग्राण्ड फिनाले आईतबार साँझ सम्म चलेको थियो । गाण्ड फिनालेका लागि विश्वभरबाट १६ वटा टिम सहभागी भएका थिए । ग्राण्ड फिनालेका लागि आठ टिम दुबई र सिंगापुर गएका थिए भने बाँकीले बुटक्याम्पबाटै खेलिका थिए ।

यसअघि विभिन्न चरणमा भएको खेलमा पूर्वबाट ९ वटा फाइनलमा प्रवेश गरेका थिए । भने पश्चिमबाट ६ वटा टिम फाइलनमा गएका थिए । त्यस्तै भारतको एउटा टिमलाई ग्राण्ड फिनालेका लागि सिधैं बोलाइएको थियो ।

पीएमजीसीको ग्राण्ड फिनालेमा दक्षिण कोरिया, चीन, भियतनाम, मंगोलिया, चिली, ब्राजिल, टर्की, थाइल्याण्ड, मिडिल इस्ट, सीआईएम र भारतबाट गरी १६ टिम सहभागी भएका थिए ।

फाइनलमा जम्मा १८ म्याच भएका थिए, जसमा प्रत्येक दिन ६-६ म्याच खेल भएका थिए । म्याच ३ वटा म्याप इर्‍याङ्गल, स्यानहुक र मिरामारमा भएको थियो ।

पीएमजीसीको ग्राण्ड फिनालको जम्मा पुरस्कार करिब ४१ करोड ६३ लाख (आजको विनिमयदर अनुसार) रहेको थियो । जसमा पहिलो हुने नोभाले १७ करोड ८४ लाख रूपैयाँ पाएको छन् ।

त्यस्तै दोस्रो हुनेले ७ करोड १३ लाख र तेस्रो हुनेले ३ करोड ५६ लाख रूपैयाँ पाएका छन् । पीएमजीसीको फाइनलमा सहभागी अन्य टिमलाई पनि उनीहरूको स्थानअनुसार १ करोड ७८ लाखदेखि करिब २५ लाख रूपैयाँसम्म दिइएको छ ।

पीएमजीसीको जम्मा पुरस्कार राशी ७१ करोड ४३ लाख ७३ हजार रहेको छ । उक्त रकमबाट यसअघि भएका छनोट खेलका विजेतालाई र सहभागीलाई पनि पुरस्कार वितरण गरिएको थियो । पीएमजीसीको फिनाले नेपालीसहित १७ वटा भाषामा लाईभ भएको थियो ।

\"\"