कीवर्डहरू -

स्मार्टवाचमा डाउनलोड नगरी यसरी खेल्नुहोस् गेम 

स्मार्टवाचमा डाउनलोड नगरी यसरी खेल्नुहोस् गेम 

तपाईहरुमध्ये पक्कै पनि धेरैजना स्मार्टवाच प्रयोगकर्ता हुुनुहुन्छ होला । हामीले स्मार्टवाचमा स्टोरबाट त गेम डाउनलोड गरेर पक्कै पनि खेल्न सक्छौँ तर डाउनलोड नगरेरै पनि गेम खेल्न तरिका रहेको छ ।

आजकाल धेरै गेम विकासकर्ताले चर्चित गेमहरुको एचटीएमएल फाइभ भर्सन बनाउन थालेका छन् । यस्तो गेम स्मार्टवाचमा डाउनलोड नगरेरै पनि खेल्न सकिन्छ । आज हामी सोही बारे जानकारी दिदैछौँ ।

यसका लागि  सर्वप्रथम कुनै पनि एचटीएमएल फाइभमा आधारित रहेको गेमको लिकं कपि गर्नुहोस् र आफ्नो वेयेरेबलसँग पेयर गरेको नम्बरमा टेक्सट गर्नुहोस् । यसका लागि छुट्टै स्मार्टफोन प्रयोग गर्नुपर्ने हुन्छ ।

अब टेक्स्ट पाएपछि लिकंमा क्लिक गर्नुहोस् । लिकं क्लिक गरेपछि स्मार्टवाचको डिफल्ट वेब ब्राउजरमा खुल्ने गर्दछ ।

यही प्रक्रिया तपाईले तपाईले कुनै पनि एचटीएमएल फाइभमा आधारित गेमका लागि गर्न सक्नुहुन्छ तर त्यो गेम स्मार्टवाचका लागि परिमार्जित गरिएको हुनुपर्छ ।

अहिलेका लागि स्मार्टवाचका लागि परिमार्जित गरिएको गेम सिमीतनै छन् तर हरेक महिना विकासकर्ताहरुले नयाँनयाँ गेमहरु सार्वजनिक गरिरहेका छन् ।