कीवर्डहरू -

मोबाइल चोरीको अभियोगमा प्रहरी हवल्दार र जवान निलम्बित

मोबाइल चोरीको अभियोगमा प्रहरी हवल्दार र जवान निलम्बित
सांकेतिक तस्वीर

धनगढीमा मोबाइल पसलबाट मोबाइल चोरी गरेको अभियोगमा दुई जना प्रहरी निलम्बित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सोही कार्यालयमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो ।

मोबाइल चोरी गरेको सिसिटिभीको फुटेज सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले संलग्न दुईजना प्रहरीलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको थियो ।

धनगढीस्थित ग्लोबल मोबाइल ग्यालरीमा लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि गत बुधबार जिल्ला प्रहरी कार्यालयको टोली कारोबारमा संलग्नलाई पक्राउ गर्न मोबाइल पसल पुगेको थियो ।

त्यस क्रममा हवल्दार माल र जवान बुढाले पसलबाट एक-एकवटा मोबाइल चोरेको सिसिटिभीको फुटेज सार्वजनिक भएको थियो ।

उनीहरुमाथि अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।