कीवर्डहरू -

क्यासलेस अर्थतन्त्रको परिकल्पनासहित जन्मिएको इसेवा, जसले परिवर्तन गर्‍यो भुक्तानीको तरिका 

क्यासलेस अर्थतन्त्रको परिकल्पनासहित जन्मिएको इसेवा, जसले परिवर्तन गर्‍यो भुक्तानीको तरिका 

नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवाले आज १३ वर्ष पुरा गरेको छ । क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अघि ईसेवा सञ्चालनमा आएको थियो ।

सन् २००९ मा बेटा भर्सन रिलिज गरी सन् २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाका हाल ६० लाखभन्दा बढी ग्राहक छन् भने १ लाख ५० हजारभन्दा बढी एजेन्ट रहेका छन् ।

त्यस्तै ३ लाख बढी मर्चेन्ट, ५१ वटा बैंक, ३ हजार बढी सहकारी इसेवामा जोडिएका छन् । इसेवाबाट दैनिक ५ लाखभन्दा बढी कारोबार हुने गरेको छ ।

ईसेवाले आफ्नो सेवालाई गाउँ गाउँसम्म विस्तार गर्न एजेन्ट बनाएको छ । जहाँ ईसेवा प्रयोग गर्न नजान्ने मानिसहरुका लागि एजेन्टले उनीहरुलाई डिजिटल कारोबार गर्न सघाउँछन् ।

इसेवा एफ्वान सफ्ट ग्रुप अन्तर्गतको पूर्ण स्वामित्वमा सञ्चालित कम्पनी हो । ईसेवा मोबाइल वालेट नेपालमा मात्र नभएर दक्षिण एशियामा पहिलो थियो ।

यसरी भयो ईसेवाको जन्म

सन् २००० को शुरुतिर व्यवसायहरु विश्वब्यापी रुपमा अनलाइनमा गइरहेका थिए । जबकी नेपालमा यसको असर एकदमै कम थियो ।

त्यो समयमा डेबिट क्रेडिट कार्ड मात्रै वैकल्पिक भुक्तानीका माध्यम थिए । कम्पनी खासै नाफामा नगएपछि एफ्टवान सफ्टले नयाँ नयाँ अवसरहरू खोजी गर्न थाल्यो । त्यो अवसर खोतल्दै जाँदा ‘फिनटेक’ क्षेत्रमा काम गर्ने योजना बनाए ।

त्यसपछि एफ्वान सफ्टले नेपालमा सन् २००६ मा एसएमएस बैंकिङ सेवा सार्वजनिक गर्‍यो । एसएमएस बैंकिङ सेवा ग्राहकले मनपराईदिए ।

सो समयमा नेपालमा मोबाइल फोन लोकप्रिय र सस्तो हुँदै गईरहेको थियो । कम्पनीले ग्राहकलाई बैंकिङ कारोबारको बारेमा जानकारी दिन र सचेत गराउन प्राथमिक च्यानलको रुपमा एसएमएस प्रयोग गरिरहेको थियो ।

यसले ग्राकहमा एउटा विश्वास र सुरक्षाको वातावरण तयार गर्‍यो । त्यो समयमा कुल जनसंख्याको २० प्रतिशत भन्दा कम जनसंख्यासँग मात्र बैंक खाता रहेको थियो ।

बैंक खाताबाटै धेरै काम गर्न सकिन्छ भन्ने कुरा बुझेपछि नेपालमा मोबाइल वालेट शुरु गर्ने योजना कम्पनीको बन्यो । इसेवा शुरू गर्ने योजना उनीहरूलाई सन् २००६ मै आएको थियो ।

कम्पनीले नेपालमा मोबाइल वालेट शुरु गरेको बेलामा नेपालका केही कम्पनीहरु अनलाइनमा जान प्रयास गरिरहेका थिए ।

जब ईसेवा शुरु भयो त्यो समयमा नेपालमा इन्टरनेट पेनिटेरेसन एकदमै कम थियो । भने बैंकिङ सेवा पनि सिमित मात्रामा थियो ।

यस्तो अवस्थामा ईसेवाले ईकमर्स व्यवसाय ग्रोका लागि अनलाइन पेमेन्ट मेकानिजम प्रदान गरेर महत्वपूर्ण भूमिका खेलेको थियो ।

त्यसपछि ईसेवाले पेमेन्ट गेटवे महसुस गर्‍यो र वेब तथा मोबाइलमा आधारित एप्लिकेसन ईसेवाको विकास गर्‍यो ।
नेपालमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न ईसेवाको ठूलो भूमिका रहेको छ ।

जुन बेला नेपालमा नेपालमा डिजिटल भुक्तानीको बारेमा सायद कमैलाई मात्र थाहा थियो, त्यसबेला ईसेवाको शुरु भएको थियो । आज इसेवाले कोरेको बाटोमा २ दर्जन बढी भुक्तानी सेवा प्रदायक बजारमा आएका छन् ।

ईसेवाले आफ्नो सेवा गाउँ गाउँसम्म विस्तार गरि रहेको छ । आगामी दिनमा प्रत्येक भुक्तानी क्षेत्र (साना/ठूला, डिलर/रिटेल, प्राइभेट/गभर्मेन्ट, डोमेस्टिक/इन्टरनेसनल) लाई समेट्दै लैजाने र आफ्नो क्यालेस इकोनोमी मिसनलाई पुरा गर्ने ईसेवाको योजना रहेको छ ।

के के सेवा लिन सकिन्छ ईसेवाबाट ?

हाल ईसेवा मार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, रेमिट्यान्स सेवा, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । ईसेवाको सेवा वेबसाइट र मोबाइल एप मार्फत् प्रयोग गर्न सकिन्छ ।