कीवर्डहरू -

आईफोन १३ मा स्क्रीन अचानक पिकं कलरको हुँदै, रिस्टार्ट गरेर मात्रै फोन चलाउन सकिने 

आईफोन १३ मा स्क्रीन अचानक पिकं कलरको हुँदै, रिस्टार्ट गरेर मात्रै फोन चलाउन सकिने 

आईफोन १३ प्रयोगकर्ताहरुले अचानक स्क्रीन पिकं रगंको हुने गरेको गुनासो गरेका छन् । पुरै स्क्रीननै पिकं रगंको भएपछि फोनमा केही पनि नचल्ने हुने गर्दछ र प्रयोगकर्ताले फोनलाई पुनः स्टार्ट गरेर मात्रै चलाउन सक्छन् ।

एप्पल डिस्कसन फोरममा एक प्रयोगकर्ताले आफ्नो आईफोन १३ प्रो स्क्रीन चलाउँदा चलाउँदै क्रयास भएर पिकं रगंको हुने गरेको उल्लेख गरेका छन् । ती प्रयोगकर्ताको आईफोन कम्पनीले साटिदिएता पनि धेरै अरु प्रयोगकर्ताले पनि यो समस्या भईरहेको बताउन थालेका छन् ।

केही ग्राहकहरुलाई कम्पनीले नयाँ आईफोन १३ प्रदान गरेको थियो तर सबैले यस्तो सुविधा पाउन सकेका छैनन् । एप्पल यो सफ्टवेयर बग रहेको बताएको छ ।

यस्तो समस्या किन हुने गर्दछ भनेर थाहापाउन सकिएको छैन् तर यो समस्या धेरैजसो आईफोन १३ सिरिजमा मात्रै हुने गरेको पाइएको छ । एप्पलले प्रयोगकर्ताहरुलाई आफ्नो डेटा ब्याकअप गर्न र पछिल्लो अपडेटहरु इन्स्टल गर्न सुझाव दिएको छ ।