कीवर्डहरू -

इसेवाका यी १३ सेवा, जसले बनाउने छ तपाईको दैनिकी  सहज

इसेवाका यी १३ सेवा, जसले बनाउने छ तपाईको दैनिकी  सहज

इसेवा नेपालकै पहिलो डिजिटल वालेट हो । इसेवा एप डाउनलोड गरेपछि विभिन्न सेवाको भुक्तानी तथा कारोबार गर्न सकिन्छ ।

नेपालको अर्थतन्त्रलाई डिजिटलाइज गर्न इसेवाको ठुलो योगदान रहेको छ । सन् २००९ जनवरी २५ मा स्थापना भएको इसेवा आज १३ औं वार्षिकोत्सव मनाउँदै छ । यसै सन्दर्भमा आज हामी इसेवामा गर्न सकिने १३ महत्वपूर्ण कामको बारेमा जानकारी दिदैछौं ।

१)  बिजुलीको बिल

तपाईंले इसेवाबाट घरमै बसेर बिजुलीको बिलतिर्न सक्नुहुन्छ । अब तपाईंले बिल तिर्दा लामो लाइनको झन्झट लिनु पर्दैन भने कोरोना जस्तो महामारीको बेलामा पनि सुरक्षित भएर सजिलै बिल तिर्न सकिन्छ । १ रूपैयाँदेखि ५०० रूपैयाँसम्मको कारोबारमा सेवा शुल्क लाग्दैन भने रू ५०१ देखि ५ लाख रूपैयाँ सम्मको कारोबारमा ५ रूपैयाँको सेवा शुल्क लाग्दछ ।

२) खानेपानीको बिल

बिजुलिको बिल जस्तै खानेपानीको बिल पनि तिर्न सकिने छ। यसको लागि तपाईंले खानेपानी काउन्टर सेलेक्ट गरेर कस्टुमर आईडी बनाए पछि तुरुन्तै कारोबार हुने छ । बिल भुक्तानी गर्ने यो एकदमै सरल र सजिलो तरिका हो ।

३) ट्राफिक प्रहरी जरिवाना भुक्तानी

गल्ती जती खेर पनि हुन सक्छ । अझ ट्राफिक नियम उल्लङ्घन गरेको बेलामा तुरुन्तै जरिवाना तिर्न कहिले काहिँ नगदको अभाव हुन सक्दछ । त्यसैले यस्तो कठिन अवस्थामा तपाईंले इसेवाबाट सजिलै जारिवाना भुक्तानी गर्न सक्नु हुन्छ । त्यसको लागि तपाईंले रसिद पाउनुभएको चिट नम्बर राख्नुपर्ने हुन्छ ।

४) पासपोर्टको पेमेन्ट

हो, इसेवाबाट तपाईंले पासपोर्टको भुक्तानी पनि गर्न सक्नुहुन्छ । त्यसका लागि तपाईंले भौचर नम्बर (EBP) नम्बर भर्नुपर्ने हुन्छ । र त्यसपछि निश्चित रकम तिर्न सकिन्छ । तर यो भुक्तानी भने तपाईंको राहदानी विभागको लागि मात्रै हो।

यो सगै तपाईंले अन्य सरकारी सेवाहरुको भुक्तानिको लागि पनि इसेवाको प्रयोग गर्न सक्नुहुन्छ ।

५) इन्स्योरेन्स

तपाईंले इन्स्योरेन्सको प्रिमियम पेमेन्ट पनि इसेवामार्फत सजिलै गर्न सक्नुहुन्छ। यसमा नेपाल लाईफ इन्स्योरेन्स, राष्ट्रिय बिमा संस्था, आईएमई लाईफ इन्स्योरेन्स, रिलायन्स लाईफ इन्स्योरेन्स गरी ३१ वटा इन्स्योरेन्स कम्पनीहरुको भुक्तानी गर्न सकिन्छ । त्यसका लागि तपाईंले पोलिसी नम्बर र जन्म मितिको विवरण दिनुपर्ने हुन्छ ।

६) स्टक ब्रोकर पेमेन्ट

तपाईंले आफ्नो स्टक ब्रोकरको भुक्तानी पनि इसेवाबाट गर्न सक्नुहुनेछ, जसमा सेयर कारोबारको भुक्तानी बिना कुनै झन्झट सजिलै गर्न सकिनेछ। ४० भन्दा बढी ब्रोकेर कम्पनीको भुक्तानी यसबाट गर्न सकिन्छ ।

७) हेल्थ

त्यस्तै अस्पताहरूमा अपोइन्टमेन्ट पनि इसेवाबाट लिन सकिन्छ । नेपाल मेडिसिटी, ग्राण्डी इन्टरनेसनल, बी एण्ड बी जस्ता प्रमुख अस्पतालहरु पर्दछन् । अस्पतालको हेल्थ प्याकेज, जनरल टेस्ट वा अन्य सेवा हरुको भुक्तानी सरल र सहज  तरिकाले गर्न सकिन्छ ।

८) ईन्टरनेट बिल

इसेवाबाट ईन्टरनेटको बिल पनि समयमै सहज तरिकाले तिर्न सकिन्छ। यसको लागि तपाईंले कस्टुमर आईडी वा युजरनेम राख्नुपर्छ भने पेमेन्ट प्रकिया गर्न सक्नुहुन्छ ।  वर्ल्डलिंक, भायानेट, क्लासिक टेक, डिशहोम फाइबरनेट, जस्ता इन्टरनेट सेवा प्रदायकहरुको बिल भुक्तानी इसेवाबाट गर्न सकिन्छ ।

९) मुभि टिकट

तपाईंले मुभि हल बहिर लामो लाइन बसेर टिकेट काटनुपर्ने झन्झट इसेवाबाट मुक्त गर्न सक्नुहुन्छ । इसेवामा तपाईंले अनलाइन टिकेट खरिद र बुकिङ गर्न सक्नुहुन्छ । यसको लागि तपाईंले मुभि हलको वेबसाईटमा गएर हेर्ने मुभि सेलेक्ट गरेर इसेवामा लगइन गरी भुक्तानी गर्न सक्नुहुन्छ । यो एकदमै सहज र छिटो तरिका हो । यसमा क्युएफएक्स सिनेमा, बिग मुभिज, जस्ता ठूला ठूला सिनेमा हलहरुको टिकेट किन्न सकिनेछ ।

१०) अनलाइन सपिङ्ग

दराजमा कुनै सामन खरिद गर्दा त्यस सामानको भुक्तानी पनि इसेवाबाटै गर्न सकिन्छ । अनलाइनमा तपाईं जे जे खरिद गर्नुहुन्छ, ती सबको भुक्तानी इसेवाबाट गर्न सकिन्छ । कुनै एन्टिभाइरस सफ्टवेयर किन्दै हुनुहुन्छ भने पनि त्यसको भुक्तानी पनि इसेवाबाट सजिलै गर्न सकिन्छ ।

११) रकम ट्रान्सफर र रिचार्ज

इसेवामा तपाईंले एनटिसी, एनसेल, स्मार्ट मोबाईल सिमको रिचार्ज गर्न सक्नुहुन्छ भने रेमिट्यान्सको आधारमा पैसा ट्रान्सफर पनि गर्न सक्नुहुन्छ । रिचार्ज लागि तपाईंले आफ्नो इसेवा अकाउन्टमा आफ्नो मोबाइल नम्बर राख्नु पर्ने हुन्छ भने एक व्यक्तिबाट अर्को व्यक्तिको इसेवा अकाउन्टमा पैसा ट्रान्सफर गर्ने सकिन्छ।

१२) स्क्यान एण्ड पे

तपाईंले जहाँ पनि जड खेरी केही सामन खरिद गर्दा इसेवाबाट क्युआर कोड स्क्यान गरेर पेमेन्ट गर्न सक्नुहुन्छ । चाहे कुनै किराना पसलमा होस् या कुनै सुपर मार्केटमा, इसेवाको क्युआर कोड प्रयोग गरी सजिलै भुक्तानी गर्न सकिन्छ।

१३) फुड एन्ड होस्पिटालिटी

इसेवाबाट तपाईंले फुड अर्डर, होटेल, रिसोर्टहरुको सर्भिस लगायतका सेवाहरुको भुक्तानी गर्न सक्नुहुन्छ । क्याफे र रेस्टुरेन्टहरुमा पनि इसवाको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिन्छ ।