कीवर्डहरू -

सर्फेस डुओमा अब एन्ड्रोइड ११ अपडेट उपलब्ध

सर्फेस डुओमा अब एन्ड्रोइड ११ अपडेट उपलब्ध

माइक्रोसफ्टले ओर्जिनल सर्फेस डुओलाई एन्ड्रोइड ११ मा अपडेट गरेको छ । नाइन टू फाइभ गूगलको अनुसार कम्पनीले लामो समय देखि सार्वजनिक गर्ने भनेको एन्ड्रोइड ११ बल्ल डुअल स्क्रीन स्मार्टफोनका लागि सार्वजनिक गरेको छ ।

यसले गर्दा सर्फेस डुओमा धेरै कुरा परिमार्जन भएको छ । प्रयोगकर्ताहरुले अन स्क्रीन कन्ट्रोलर प्रयोग गरेरै एक्सबस्क गेम पास क्लाउड टाइटलहरु खेल्न सक्नेछन् ।

वानड्राइभमा पनि फोटो हेर्न र एडिट गर्नका लागि परिमार्जित डुअल स्क्रीन इन्टरफेस रहेको छ । एप ड्रयर र फोल्डर डिजाइनमा पनि राम्रो ड्रयाग एण्ड ड्रप फिचर आएको छ ।

माइक्रोसफ्ट फिड र स्टार्ट विड्जेटमा पनि अपडेट आएको छ । एन्ड्रोइड १० ले दिक्क बनाएको अवस्थामा यो एउटा नयाँ अपडेटनै हुनेछ ।