कीवर्डहरू -

ग्यालेक्सी एस २२ सिरिजको मूल्य लिक

ग्यालेक्सी एस २२ सिरिजको मूल्य लिक

एन्ड्रोइड पुलिसले ग्यालेक्सी एस २२ सिरिजको मूल्य लिक गरेको छ । यो फोन पनि सामसङ्ग ग्यालेक्सी एस २१ अल्ट्राकै मूल्यमा उपलब्ध हुने भएको छ । ग्यालेक्सी एस २२ सिरिजको ९६२ अमेरिकी डलर बाट सुरु हुने भएको छ ।

ग्यालेक्सी एस २२ प्लसको ११८८ डलर पर्नेछ र ग्यालेक्सी एस २२ अल्ट्राको ८ जीबी भर्सनको १४१५ डलर पर्नेछ । त्यस्तै १२ जीबी र्याम भएको एस २२ अल्ट्राको १५२८ डलर पर्नेछ ।

सिरिजको धेरैजस्तो फोनको र्याम ८ जीबीनै रहेको छ । एस २२ अल्ट्रा मात्रै ८ जीबी र १२ जीबी र्यामका साथमा उपलब्ध हुनेछ । यो फोन सुरुमा यूरोपका लागि उपलब्ध हुनेछ ।