कीवर्डहरू -

भोलिदेखि देशभरका भन्सार कार्यालयमा अनलाइन पेमेन्ट शुरू हुँदै 

भोलिदेखि देशभरका भन्सार कार्यालयमा अनलाइन पेमेन्ट शुरू हुँदै 

पुस १२ गते बुधबारदेखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार अनलाइन प्रणाली पूर्णरुपमा लागू हुने भएको छ । भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले भोलिदेखि नेपालका सबै भन्सारहरूमा अनलाइन पेमेन्ट प्रणाली शुरू हुने बताए ।

उक्त प्रणालीको शुरूवात अर्थमन्त्री जनार्दन शर्माले गर्नेछन् । सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जबाट अनलाइन राजस्व भुक्तानीको सफल परीक्षण भएसँगै भोलिदेखि सबै भन्सार कार्यालयमा अनलाइन पेमेन्ट शुरू हुने भएको हो ।

नेपाल क्लियरिङ हाउस लिमिटेडका विभिन्न प्रणालीबाट गर्न भन्सारको अनलाइन भुक्तानी सकिने छ । कनेक्ट आईपीएस, कपोरेट पे, एनसीएचएल बैंक सेन्टर तथा नेपाल क्लियरिङ हाउससँग भएका डिजिटल वालेटबाट राजश्व अनलाइनबाट तिर्न सकिने छ ।