कीवर्डहरू -

नेपालमा यस्तो छ भीभोका वाई सिरिज स्मार्टफोनको पछिल्लो मूल्य सूची, के के छन् फिचर ?

नेपालमा यस्तो छ भीभोका वाई सिरिज स्मार्टफोनको पछिल्लो मूल्य सूची, के के छन् फिचर ?

भिभोले नेपालमा विभिन्न रेन्जका स्मार्टफोन सार्वजनिक गरेको छ । मिड रेन्जदेखि प्रिमियमसम्मका स्मार्टफोन उपलब्ध छन् ।

भीभोले सन् २०२२ को सेप्टेम्बर देखि लागु हुने गरी मोबाइलको नयाँ मूल्य सार्वजनिक गरेको छ । जस अनुसार आज हामीले भिभोका वाई सिरिजको स्मार्टफोन मूल्य र फिचर बारे जानकारी दिदैछौं ।

भिभो वाई वान एस

\"\"
भिभो वाई वान एस २ जिबी र्याम र ३२ जिबी इन्टर्नल स्टोरज भएको फोनको मूल्य १३ हजार ५९९ रुपैयाँ पर्ने भएको छ । त्यस्तै ३ जिबी र्याम र ३२ जिबी इन्टर्नल स्टोरज भएको भिभो वाई वान एसको मूल्य १४ हजार ९९९ रुपैयाँ पर्ने छ । भिभो वाई वान एसमा ६.२२ इन्चको डिस्प्ले, एलसिडी स्क्रीन रहेको छ ।

फोनमा हेलियो पि थर्टीफाइभ प्रोसेसर प्रयोग गरिएको छ । यसको रियर क्यामेरा १३ मेगापिक्सेल, फ्रन्ट ५ मेगापिक्सेलको रहेको छ ।

भिभो वाई वान एसमा ४०३० एमएएच ब्याट्री रहेको छ र यसले १० वाट चार्जिङ सर्पाेट गर्ने गर्दछ । यसमा आई प्रोटेक्सन मोड पनि रहेको छ । यो फोन अरोरा ब्ल्याक र ओलिभ ब्लयाक भर्सनमा उपलब्ध रहेको छ ।

भिभो वाई २० :

\"\"

भिभो वाई २० दुई ओटा भर्सनमा उपलब्ध रहेको छ । स्मार्टफोन ३ जिबी र्याम र ६४ जिबी इन्टर्नल स्टोरज र ४ जिबी र्याम र ६४ जिबी इन्टर्नल स्टोरजको साथमा उपलब्ध रहेको छ । ३ जिबी र्याम र ६४ जिबी इन्टर्नल स्टोरज भएको स्मार्टफोनको मूल्य १९ हजार ९९० रुपैयाँ पर्ने छ  र ४ जिबी र्याम र ६४ जिबी इन्टर्नल स्टोरजको २२ हजार ७९९ रुपैयाँ पर्ने भएको छ ।

६.५१ इन्चको डिस्प्ले रहेको स्मार्टफोनमा स्नापड्रयागन ४६० प्रयोग गरिएको छ । यसको रियर क्यामेरा १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेल को रहेको छ र फ्रन्ट ८ मेगापिक्सेलको रहेको छ ।

भिभो वाई २० मा ५००० एमएएच ब्याट्री रहेको छ र यसले १० वाट चार्जिङ सर्पाेट गर्ने गर्दछ । यसमा आई प्रोटेक्सन मोड पनि रहेको छ ।

भिभो वाई १२ एस

\"\"
भिभो वाई १२ एसमा ३ जिबी र्याम र ३२ जिबी रोम रहेको छ, जसलाई २५६ जिबीसम्म बढाउन सकिन्छ । यसको मूल्य १७ हजार ९९९ रुपैयाँ छ । फोनमा हेलियो पि थर्टीफाइभ प्रोसेसर प्रयोग गरिएको छ ।

भिभो वाई १२ एसमा ५००० एमएएच ब्याट्री रहेको छ र यसले १० वाट चार्जिङ सर्पाेट गर्ने गर्दछ । यसको रियर क्यामेरा १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेल को रहेको छ र फ्रन्ट ८ मेगापिक्सेलको रहेको छ ।

भिभो वाई १५ एस

\"\"
भिभो वाई १५ एसमा ६.५१ इन्चको डिस्प्ले रहेको छ । स्मार्टफोनको मूल्य १९ हजार ९९९ रुपैयाँ पर्ने छ  ३ जिबी र्याम र ६४ जिबी रोम रहेको छ । यसमा पनि हेलियो पि थर्टीफाइभ प्रोसेसर प्रयोग गरिएको छ ।

यसको रियर क्यामेरा १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेल को रहेको छ र फ्रन्ट ८ मेगापिक्सेलको रहेको छ । भिभो वाई १५ एसमा ५००० एमएएच ब्याट्री रहेको छ र यसले १० वाट चार्जिङ सर्पाेट गर्ने गर्दछ ।