कीवर्डहरू -

सन् २०२२ मा पनि विश्वव्यापी चिप अभाव रहने अमेरिकाको चेतावनी 

सन् २०२२ मा पनि विश्वव्यापी चिप अभाव रहने अमेरिकाको चेतावनी 

अमेरिकाले सन् २०२२ मा पनि विश्वव्यापी चिप अभावको समस्या रहिरहने बारे सर्तक गराएको छ । ब्लुमवर्ग र द वाशिङटन पोष्टको रिपोर्ट अनुसार सेमिकण्डक्टर सप्लाई चेनले रिपोर्ट प्रकाशन गरेको छ, जसमा विश्वव्यापी चिप अभाव सन् २०२२ को दोस्रो भागसम्म रहिरहने बताइएको छ ।

चिप अभावले सन् २०२२ मा पनि धेरै कम्पनीहरुलाई असर पार्ने देखिएको छ । चिप अभावले विशेषगरी ब्रोडब्याण्ड कम्पनी, कार निर्माण कम्पनी र चिकित्सा उपकरण निर्माता कम्पनीलाई एकदमै असर पारेको छ ।

त्यो रिपोर्टका अनुसार दुई वर्ष पहिलेको तुलनामा सन् २०२१ मा चिपको माग १७ प्रतिशतले बढेको पाइएको छ र यो दर सन् २०२२ मा अझै बढ्ने देखिएको छ ।