कीवर्डहरू -

सामसङ निर्माण गर्‍यो फिंगरप्रिन्ट सेक्युरिटी चिप, के के काममा हुन्छ प्रयोग ?

सामसङ निर्माण गर्‍यो फिंगरप्रिन्ट सेक्युरिटी चिप, के के काममा हुन्छ प्रयोग ?

सामसङले भुक्तानी कार्ड, कर्मचारी आईडी र अन्य थुप्रै कामहरुका लागि फिगंरप्रिन्ट सेक्युरिटी चिपको निर्माण गरेको छ । यसलाई कम्पनीले टेक इन्डस्ट्रीकै पहिलो अल इन वान फिगंरप्रिन्ट सेक्युरिटी चिप भएको बताएको छ ।

कम्पनीले निर्माण गरेको एस थ्रि बि फाइभ टूएलब सि चिपले बायोमेट्रिक जानकारी फिगंरप्रिन्ट सेन्सरमार्फत पढ्ने गर्दछ ।

चिपले सेक्योर एलिमेन्टको प्रयोग गरेर डेटा स्टोर गर्ने गर्दछ र त्यो डेटालाई सेक्योर प्रोसेसरले विश्लेषण गर्ने गर्दछ ।

यसलाई विद्यार्थी तथा कर्मचारीको पहिचानका लागि, सदस्यताका लागि र कुनै कुरामा पहुँच दिनका लागि प्रयोग गर्न सकिन्छ । बैंकहरुलाई पनि बायोमेट्रिक भुक्तानीका लागि यस कार्डले सहयोग पुर्याउनेछ ।