कीवर्डहरू -

भिभो भी २३ ई नेपालमा सार्वजनिक, के के छन् फिचर र कति छ मू्ल्य ?

भिभो भी २३ ई नेपालमा सार्वजनिक, के के छन् फिचर र कति छ मू्ल्य ?

भिभोले आफ्नो भी २३ ई स्मार्टफोन नेपालमा मंगलबारदेखि सार्वजनिक गरेको छ । यो स्मार्टफोन एक्स्ट्रिम नाइट पोर्टेट र मल्टि स्टाइल पोट्रेटसहित ५० मेगापिक्सेल अटोफोकस पोट्रेट सेल्फी फ्रन्ट क्यामेरा फिचर भएको स्टेलर इनोभेसन सहित आएको छ ।

यसमा डबल एक्सपोजर मोड, डुअल–भ्यु भिडियो तथा स्टेडिफेस सेल्फी भिडियोका माध्यमबाट फोटो तथा भिडियोमा अझै गुणस्तर आउने कम्पनीले जनाएको छ ।

रातको समयमा फोटो तथा भिडियो खिच्न पछाडिबाट ६४ मेगाफिक्सल नाइट क्यामरा जडान गरिएको छ । २.० प्रविधिसहित आएको यसमा ८ जीवी र्‍यामबाहेक आवश्यकता परेको बेला आन्तरिक स्टोरेजको ४ जीबीलाई पनि र्‍यामका रुपमा प्रयोग गर्न सकिने सम्पनीले जनाएको छ ।

७.३६ मिलिलिटर मोटाइ रहेको यो एकदम पातलो र हलुका रहेको छ । यो डिभाइसमा फनटचओएस १२ अपरेटिङ सिस्टम राखिएको छ ।

४४ वाटको फ्ल्यास चार्ज फिचर समावेश गरिएको फोन मूनलाइट स्याडो र सनसाइन कोस्ट गरी दुई रंगको संयोजनमा बनेको छ । यसको खरिद मूल्य ४४ हजार ९९९ रुपैयाँ रहेको छ ।