कीवर्डहरू -

ओपोद्वारा जीरो–पावर कम्यूनिकेशन ह्वाइट पेपर सार्वजनिक

ओपोद्वारा जीरो–पावर कम्यूनिकेशन ह्वाइट पेपर सार्वजनिक

ओपो रिसर्च इन्स्टिच्यूटले जनवरी २० मा आधारिक रुपमै जीरो–पावर कम्युनिकेशन अन्तर्गत आफ्नो ह्वाइट पेपर सार्वजनिक गरेको छ ।

यो पेपरले जीरो–पावर कम्युनिकेशनको आईओटी क्षेत्रमा विद्यमान मागको अपर्याप्त आपुर्तिको प्राविधिक अवस्थितीको अन्वेषण गर्दै भविष्यकाअन्य सञ्चार प्रणालीसंगको सहअस्तित्वको सम्भावनार्थ प्राविधिक विकासका लागि मार्गचित्र प्रस्तुत गरेको छ ।

निकट भविष्यमा आईओटी उपकरणहरुले आफ्ना लागि आवश्यक पर्ने उर्जा ब्ल्यूटूथ, वाइफाइ र सेलफोन सिग्नल्सका माध्यमबाट प्रत्यक्ष रुपमा लिन सक्नेछन् ।

यसले गर्दा भविष्यमा उपकरणहरुको आकार सानो गर्न सकिने, अत्यधिक टिकाउपना र न्यूनखर्च लगायत विशेषता थप्न सकिन्छ ।

ट्याग ब्याट्री प्रतिस्थापन वा रिचार्ज बिनै उपकरणको अवस्थिती थाहापाउन विद्युतीय ट्यागको प्रयोग हुनेछ । त्यसैगरी, हरेक लोपोन्मुख प्रवासी चराहरुमा लामो दूरीका ट्रयाकिङ उपकरण जडान गरिनेछ ।

यसले गर्दा ब्याट्रीको संख्यामा उल्लेखनिय कमी आउनेछ । अहिले बजारमा उपलब्ध अधिकांश पोर्टेवल विद्युतीय उपकरणहरु शक्तिको श्रोतकालागि ब्याट्रीमा निरभर हुन्छन् ।

पछिल्ला केहीबर्षमा ब्याट्री प्रविधि मातहत धेरै विकासहरु भएतापनि आकार, उत्पादन खर्च, आयु, प्रयोग सहजता र पर्यावरण मैत्रीलगायत क्षेत्रमा अझै प्रशस्त समस्याहरु रहेका छन् ।

जीरो–पावर सञ्चार प्रविधिले वातावरणबाटै एम्बियन्ट रेडियो फ्रिक्वेन्सी उर्जा संकलन गर्दै ब्याट्रीको आवश्यकता नै नपर्ने अवस्थाको सिर्जना गर्छ ।

ब्यवसायिक उपयोगिताका आधारमा यस्ता विशेषता वेयर हाउजिङ्, लजिस्टिक्स र कृषि तथा पहिरिन मिल्ने उपकरण (वेयरेवल), स्मार्ट होम्स र अन्य अत्याधुनिक उपभोक्ता अनुप्रयोगहरुका लागि फाइदाजनक हुनेछन् ।

“मोबाइल दूरसञ्चार प्रविधि पहिलो देखि चौथौँ पुस्तासम्म आईपुग्दा दूरसञ्चार उद्योगले एनालगदेखि डिजिटल, डाटा र अहिले ब्रोडब्याण्ड गरी चार प्राविधिक छलांग लगाइ सकेको छ ।

प्रविधि थप विकसितहुँदै समग्र समाजकै लागि थप सहजता र दिर्घकालिन मूल्य पस्कन सक्षम हुनुपर्ने हाम्रो विश्वास छ ।

जीरो–पावर सञ्चार प्रविधिले विद्युतिय उत्पादकहरुलाई आफ्ना उत्पादनबाट ब्याट्री हटाउन सक्षम बनाउने छन् । जसले गर्दा उत्पादनको मूल्यका साथै प्रक्रियामा वातावरणीय प्रभाव न्यूनिकरणमा समेत सघाव मिल्नेछ ।

त्यसैगरी फाइभजी/सिक्सजी पुस्तातिर अग्रसर हुँदै गर्दा जीरो–पावर कम्युनिकेशन हाम्रो मुख्य केन्द्रविन्दुमा पर्ने क्षेत्र हो”, ओपोका प्रमुख फाइभजी बैज्ञानिक हेनरी ट्यांगले भने ।

आजको रेडियो फ्रिक्वेन्सी (आरएफआईडी) अन्तर्गत निस्क्रिय संचार प्रविधि अहिले नै उपलब्ध छ । तर, विद्यमान प्रविधिमा छोटो संचार दूरी, न्यून सक्षमता र प्रणालीगत न्यून क्षमतालगायत समस्याहरु रहेका छन् ।

यसले औद्योगिक सेन्सर सञ्जाल, न्यून–मूल्य र उच्च क्षमताका लजिस्टिक्स र वेयर हाउजिंग, न्यून–मूल्य तथा न्यून–उर्जाका स्मार्ट होम्स र साना वेयरेवल प्रविधि लगायत विशिष्ट वा कठिन उपयोगिता सहितका उत्पादनमा आरएफआईडी प्रविधिको प्रयोग गर्दा उल्लेखनिय चुनौति प्रस्तुत गर्छ ।

पारम्परिक तरिका भन्दा पृथक, जीरो–पावर उपकरणहरुले टीभी टावर्स, एफएम रेडियो टावर्स, सेल्यूलर बेस स्टेशन्स र वाईफाई एक्सेस प्वाइन्ट्स (एपी एस) लगायतबाट प्रशारित हुने एम्बियन्ट रेडियो सिग्नललाई आफ्नो शक्तिको श्रोतका रुपमा उपयोग गर्न सक्नेछन् ।

उपलब्ध रेडियो वेभ्स मार्फत उर्जा संकलित गरिसके पश्चात उपकरणले एम्बियन्ट रेडियो सिग्नलहरुलाई आफ्नै जानकारीका साथ परिमार्जित गरी संकेतहरुलाई ब्याकस्केटरिङ कम्यूनिकेशनमार्फत बाहिर पाठाउँछ ।

जीरो–पावर सञ्चार सञ्जालको डिजाइन गर्दैगर्दा जीरो–पावर सञ्चार प्रणाली र विद्यमान अनुमति प्राप्त तथा अप्राप्त ब्याण्ड्सका साथै फोरजी/फाइभजी प्रणालीहरुको सहअस्तित्व माथि पनि विशेष ध्यानदिन जरुरी छ ।

ओपोले सफलतापूर्वक आफ्नो जीरो–पावर सञ्चार प्रणालीको निर्माण तथा भविष्यका सञ्चार सञ्जालका लागि यसको सम्भाव्यता सफलतापूर्वक प्रदर्शित गरिसकेको छ ।

आफ्नो नवप्रवर्तनका साथै ओपोले जीरो–पावर सञ्चार मानकको प्रचारका लागि पनि अग्र भूमिका निर्वाह गरिरहेको छ । जस अन्तर्गत कम्पनीले थ्रीजी पीपीका सामु जीरो–पावर सञ्चार अनुसन्धान परियोजनाहरु प्रस्ताव गर्नुका साथै फ्युचर र आईसीसीसी जस्ता उद्योग सम्मेलनहरुमा यसको निस्कर्षहरु समेत प्रस्तुतगरिसकेको छ ।

सन् २०२१ सेप्टेम्बरमा आयोजित आईएमटी–२०३० सिक्सजी भिजन वर्कशपमा ओपोको विशेष पहलमा जीरो–पावर कम्युनिकेशन फोरुमको आयोजना गरियो ।

कार्यक्रममा शैक्षिक र औद्योगिक संगठनहरुलाई जीरो–पावर कम्युनिकेशनका अनुप्रयोगहरु, प्राविधिक आवश्यकताहरु त्था प्रमुख प्रविधिहरुका बारेमा छलफल गर्न आमन्त्रित गरिएको थियो ।

उद्योगहरु सिक्सजी प्रविधि तर्फ अग्रसर हुँदै गर्दा ओपोले सिक्सजीको पूर्ण क्षमता उपलब्ध गराउनका लागि जीरो–पावर कम्युनिकेशनले रिकन्फिगरेवल इन्टेलिजेन्ट सर्फेसेज, सिम्बायोटिक रेडियो, नन्–अर्थोगोनल मल्टिपल एक्सेस (एनओएमए) र एआई लगायत प्रमुख प्रविधिहरुसंग कामगर्ने विश्वास लिएको छ ।

जीरो–पावर कम्युनिकेशन ह्वाइट पेपर भन्दा अगाडी ओपोले अत्याधुनिक सञ्चार प्रविधि मातहत आफ्नो निरन्तर अन्वेषणको नतिजा आफ्नो सिक्सजी एआई–क्युब इन्टेलिजेन्ट नेटवर्किङ ह्वाइट पेपर पनि प्रकाशित गरिसकेको छ ।

आफ्नो ब्राण्ड मिशन “टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड” अनुरुप थप बौद्धिक, थप सुविधाजनक र अझ पर्यावरण मैत्री सञ्चार प्रणालीको विकास गर्ने कार्यलाई निरन्तरता प्रदानगर्दै आउँदा ३ देखि ५ बर्ष भित्र ब्यवसायिक जीरो–पावर सञ्चार प्रविधि सार्वजनिक गर्ने लक्ष्य लिएको छ ।