कीवर्डहरू -

साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउने

साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउने

अनलाइन राइड सेयरिङ एप साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउने भएका छन् । आज दुई कम्पनीबीच भएको सहकार्यको सम्झौतापछि प्रयोगकर्ता र राइडरले यस्तो सुविधा पाउने भएका हुन् ।

सम्झौताअनुसार साहाराका प्रयोगकर्ता र राइडरले उक्त हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने छन् । सेवाग्राहीले हस्पिटलले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाउने बताइएको छ ।

साहाराका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका छन् ।

साहाराले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । यो सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठको विश्वास छ ।

अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले साहारासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । अस्पतालले प्रदान गर्ने सेवामा कुनै कमि हुन नदिने उनले स्पष्ट पारे । आजबाटै अस्पतालले प्रदान गर्ने सेवामा ग्राहक तथा राइडरले छुट पाउने छन् ।

साहाराले सेवाग्राहीलाई शून्य कमिसनमा सेवा दिइरहेको छ । यस अघि कम्पनिले अजोड इन्स्योरेन्ससँग  बीमा सम्बन्धी सम्झौता गरिसकेको छ । जसअनुसार ग्राहक तथा राइडरले ६ लाखसम्मको एक्सिडेन्टल बीमा सुविधा पाउने छन् ।