कीवर्डहरू -

सफारीको समस्या समाधान गर्न एप्पलले सार्वजनिक गर्‍यो आईओएस १५.३ र म्याकओएस १२.२

सफारीको समस्या समाधान गर्न एप्पलले सार्वजनिक गर्‍यो आईओएस १५.३ र म्याकओएस १२.२

एप्पलले सफारीमा आएको समस्या समाधान गर्नका लागि आईओएस १५.३ र म्याकओएस १२.२ सार्वजनिक गरेको छ । सफारीमा समस्या आएका कारण ब्राउजर इतिहास र गूगल अकाउन्टको विवरण बाहिरिन सक्ने भेटिएको थियो ।

नाइन टू फाइभ म्याकका अनुसार फिगंरप्रिन्ट जेएसले सार्वजनिक गरेको ब्लगमा सफारीमा ब्राउजर गोपनीयतामा समस्याका कारणले आक्रमणकर्ताहरुले प्रयोगकर्ताको पछिल्लो ब्राउजर हिस्ट्री र गूगल अकाउन्टका केही विवरण चोर्न सक्ने फेला परेको थियो ।

यस समस्याले तपाईले हेरेको कन्टेन्ट भन्दा कुन डेटाबेसमा जानुभएको थियो भनेर मात्रै सार्वजनिक गर्ने गर्दछ । तर यतिमा पनि ह्याकरहरुले तपाईको गूगल यूजरनेम, प्रोफाइल पिक्चर र तपाईको बारेमा थप जानकारी पत्ता लगाउन सक्ने पनि पाइएको थियो । एप्पलले वाच ओएस ८.४ र टिभी ओएस १५.२ पनि सार्वजनिक गरेको छ ।