कीवर्डहरू -

आईटी पढ्ने विद्यार्थीलाई स्वयंसेवी पर्यवेक्षकको रूपमा स्थानीय तहमा खटाइदै, कसरी दिने आवेदन ?

आईटी पढ्ने विद्यार्थीलाई स्वयंसेवी पर्यवेक्षकको रूपमा स्थानीय तहमा खटाइदै, कसरी दिने आवेदन ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कम्प्युटर विज्ञान र सूचना प्रविधि केन्द्रिय विभागले स्वयंसेवी पर्यवेक्षक (भोलेन्टियर सुपरभाइजर) माग गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार र विभागबीच भएको समझदारी अनुसार ७५३ जना पर्यवेक्षक माग गरिएको हो ।

समझदारी अनुसार सूचना तथा प्रसारण प्रविधिमा आधारित एकीकृत स्थानीय तह वस्तुस्थिति विवरण तयारीका लागि स्थानीय तहमा कम्तिमा १ महिनाका लागि स्वयंसेवी पर्यवेक्षक परिचालन गर्नुपर्ने विभागको सूचनामा उल्लेख गरिएको छ ।

यसमा आवेदन दिनका लागि सूचना प्रविधि विषयमा स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत, ल्यापटप तथा मोबाइल भएको हुनुपर्ने र युनिकोडमा नेपाली टाइपिङ गर्न सक्ने योग्यता तोकिएको छ ।

विद्यार्थीले आवेदनका साथ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, एसएलसी वा एसईई लगायत हालसम्मका शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, कुनै अनुभव भए सो को प्रतिलिपि र पासपोर्ट साइजको फोटो पेश गर्नुपर्नेछ ।

इच्छुकले आगामी १० दिनभित्रमा आवेदन दिन सक्नेछन् । अन्तर्वाताबाट स्वयंसेवी पर्यवेक्षक छनोट हुनेछन् । अनलाइनबाटै आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोस् ।

यस्तो छ सूचना