कीवर्डहरू -

हल्ट प्राइज कसमस कलेजले आयोजना गरेको ‘टक विथ एचिभर्स’ सम्पन्न, मशुरका टिमले बाँडे आफ्नो अनुभव 

हल्ट प्राइज कसमस कलेजले आयोजना गरेको ‘टक विथ एचिभर्स’ सम्पन्न, मशुरका टिमले बाँडे आफ्नो अनुभव 

हल्ट प्राइज कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजिले आयोजना गरेको ‘टक विथ एचिभर्स’ सम्पन्न भएको छ । गत जनवरी २५ मा कलेजले टक विथ एचिभर्स अन्तर्गत मशुरसँग भर्चुअल सेसन सम्पन्न गरेको हो ।

कार्यक्रममा अतिथिको रूपमा मशुर टिमका सदस्यको उपस्थिति रहेको थियो । उनीहरूले आफ्नो अनुभव शेयर गरेका थिए । कार्यक्रममा ७० भन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो ।

मशुरले सन् २०२१ को हल्ट प्राइजमा सहभागी जनाएको थियो । मशुरले राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१ समेत जितेको थियो ।

कार्यक्रममा मशुर टिमका सदस्य सोनी पोखरेल, शिशिर पन्त, निर्देश भट्टराई, प्रशान्त भट्टले आफ्नो प्रेरणादायी यात्रा र अनुभव शेयर गरेका थिए ।  साढे १ घण्टासम्म उक्त सेसन सञ्चालन भएको थियो ।