कीवर्डहरू -

अब कतारबाटै इसेवा वालेटमा पैसा पठाउन सकिने

अब कतारबाटै इसेवा वालेटमा पैसा पठाउन सकिने

मुलुकभर तथा संसारका २०० बढी मुलुकमा व्यापक रुपमा कारोवार विस्तार गरिरहेको ईसेवा मनी ट्रान्सफर र कतार स्थित मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्जमा संसारभर अब्बल युनिमोनीवीच रेमिट्यान्स् सम्झौता भएको छ ।

यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनीको कतारमा  रहेका ९ ओटा शाखाहरुमा गइ ईसेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपाल पैसा  पठाउन सक्ने छन् ।

युनिमोनीका शाखाबाट पैसा सिधै नेपालका  ६० भन्दा धेरै बैंकका खातामा तथा इसेवा वालेटमा तत्काल रकम पठाउन सकिनेछ । त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स् नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका दशहजार भन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिनेछ ।

साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगइ सोझै ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ।

यस सम्झौताबारे इसेवा मनी ट्रान्सफरका सिईओ अजेस कोइरालाले इसेवा मनी ट्रान्सफर र युनिमोनी वीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहजता प्रदान गरेको बताए । यसले  कतारमा रहेका नेपाली कामदारलाई नेपाल पैसा पठाउन एउटा प्रभावकारी माध्यम थपिएको समेत उनले बताए ।

युनिमोनी कतार, कतारको सेन्ट्रल बैंकबाट इजाजत प्राप्त संस्था हो, जसले आफ्ना ग्राहकहरुका वित्तिय आवश्यकता मध्यनजर गर्दै सहज रुपमा पैसा र विदेशी मुद्राको एक देशबाट अर्को  देश आवागमन गराउंदै आएको छ । त्यसका लागि यसले आफ्ना सेवा संसारका बिभिन्न मुलुकमा रिटेल स्टोर देखि डिजिटल माध्यमसम्म विस्तार गरिसकेको छ ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ ।

इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीलाई १०, ००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।