कीवर्डहरू -

रेमिट्यान्स सेवाका लागि राष्ट्र बैंकबाट हाम्रो पात्रोले पायो लाइसेन्स

रेमिट्यान्स सेवाका लागि राष्ट्र बैंकबाट हाम्रो पात्रोले पायो लाइसेन्स

हाम्रो पात्रोले नेपाल राष्ट्र बैंकबाट मनी रेमिट्यान्सको लाइसेन्स पाएको छ । केन्द्रिय बैंकले हाम्रो पात्रो रेमिट प्रालि काठमाडौंलाई मनी रेमिट्यान्सको लाइसेन्स दिएको हो ।

राष्ट्र बैंकले हाम्रो पात्रोलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अनुसार लाइसेन्स दिएको जनाएको छ । यो लाइसेन्सको अवधि आगामी डिसेम्बरसम्म रहेको छ । हाम्रो पात्रोले गत असोजमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवा थप गरेको थियो ।

सेवा शुरू गरेको २ महिनामै हाम्रो रेमिटले १० मिलियन अर्थात १ करोड रूपैयाँ नेपाल पठाएको थियो । रेमिटेन्स सेवाका लागि कम्पनीले सम्बन्धित देशका लाइसेन्स होल्डरसँग सहकार्य गरेको छ ।

प्रयोगकर्ताले हाम्रो पात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रो पात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ ।

हाम्रो पात्रोले सुपर एप बनाउने योजना अनुरूप विभिन्न सेवा थप गरिरहेको छ । हाम्रो पात्रोमा रेडियो, समाचार, पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता एक दर्जन फिचर समावेश छन् ।

त्यस्तै विनिमयदर, शेयरबजार, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ, नोट, स्वास्थ्य परामर्श लगायतका फिचर पनि उपलब्ध छन् ।