कीवर्डहरू -

व्यक्तिको अनुमति बिना फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राखे सरकारले कारवाही गर्ने

व्यक्तिको अनुमति बिना फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राखे सरकारले कारवाही गर्ने

सरकारले व्यक्तिको अनुमति बिना फोटो र भिडियो खिचेर  सामाजिक सञ्जालमा राख्नेलाई कारवाही गर्ने भएको छ । गृह मन्त्रालयले बिहिबार एक सूचना जारी गर्दै व्यक्तिको अनुमति बिना फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारवाही गर्ने चेतावनी दिएको हो ।

सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्यांक) को नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलाप गरी सोको गोप्य भिडियो तयार गर्ने र उक्त भिडियो सामाजिक सञ्जालमा राख्ने गरेको गुनासो तथा सूचना प्राप्त भएको सम्बन्धमा ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक स्थलहरूमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुन सक्ने वादविवाद र द्वन्द, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा समेत नकारात्मक प्रभाव पर्ने बताएको छ ।

व्यक्तिको अनुमति बिना कुनै पनि प्रकारको तस्विर लिन र सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको अनुमति/सहमति बिना कुनै पनि प्रकारको भिडिओग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने जो कसैलाई कारवाही हुने सूचनामा उल्लेख गरिएको छ ।

\"\"